३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

चर्चित भारतीय हास्य कलाकार राजु श्रीवास्तवको स्वास्थ्यमा सामान्य सुधार



अ+ अ-

एजेन्सी । भारतीय चर्चित हास्य कलाकार राजु श्रीवास्तव हृदयघातका कारण विगत तीन दिनदेखि अस्पतालमा भर्ना भएका छन् । उनका फ्यानहरुले उनको शिघ्र स्वास्थ्य लाभको कामना गरिरहेका छन् ।

यसैबीच उनको स्वास्थ्यमा राहतको खबर आएको छ । पछिल्लो दुई दिनदेखि उनको स्वास्थ्यमा कुनै सुधार नभएको तर तेस्रो दिनदेखि उनको शरीरले प्रतिक्रिया दिन थालेको बताइएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले पनि बिहीबार राति करिब १० बजे श्रीमतीसँग फोनमा कुरा गरेर राजुको अवस्थाबारे जानकारी लिएका थिए । पीएम मोदीसँगै उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले पनि राजुको स्वास्थ्यमा निरन्तर नजर राखिरहेका छन् ।

दिल्लीको एक होटलमा वर्कआउट गर्ने क्रममा राजुलाई हृदयघात भएको थियो । उनी अचानक ट्रेडमिलबाट खसेपछि उनलाई तत्काल एम्समा भर्ना गरिएको थियो ।

राजुको उपचारमा संलग्न मुटुरोग विशेषज्ञ डा सन्दीपका अनुसार ४८ घण्टामा उनले पहिलो पटक खुट्टा मोडेका छन्, जुन सकारात्मक संकेत हो । राति अबेर आएको एम्सको हेल्थ बुलेटिनमा पनि राजुको स्वास्थ्य अवस्थाबारे जानकारी दिइएको छ ।

बुलेटिनका अनुसार राजुको स्वास्थ्यमा तीव्र सुधार भइरहेको छ । उनका पीआरओ गर्वन्त नारङका अनुसार राजुको दिमागले अझै काम गरिरहेको छैन । जसका कारण उनलाई अहिले पनि भेन्टिलेटरमा राखिएको छ ।

हृदयघातपछि राजु श्रीवास्तवको बुधबार तेस्रो पटक एन्जियोप्लास्टी गरिएको थियो । १० वर्षअघि मुम्बईको कोकिलाबेन अस्पतालमा पहिलो पटक उनको एन्जियोप्लास्टी गरिएको थियो । त्यसपछि सात वर्षअघि लीलावती अस्पतालमा उनको दोस्रो पटक एन्जियोप्लास्टी गरिएको थियो ।