२७ भाद्र २०८३, शनिबार
,
Latest
महाधिवेशनको तिथिमिति तलमाथि गर्नु हुँदैन: कांग्रेस नेता अब्दुल सत्तार ‘हामी सरकारलाई साथ दिन र मिलेर काम गर्न तयार छौं, तर सरकार पनि सहकार्यका लागि… नेपालले पाउनुपर्ने जलवायु न्याय पौडेलको ‘एड गुरु सिद्धान्त र अनुभव’ सार्वजनिक बेँसीसहर-चामे सडक आज दिनभर बन्द हुने नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै कालिका नगरपालिकाबाट ‘स्मार्ट कार्ड लाइसेन्स’ वितरण सुरु, भरतपुरसम्म आउनुपर्ने बाध्यता अन्त्य आज विश्व प्राथमिक उपचार दिवस जङ्गलमा भरुवा बन्दुक भेटिए, लागुपदार्थसहित महिला पक्राउ पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्किङ गरिएको ट्यांकर नै चोरी भएपछि…



अ+ अ-

विराटनगर । विराटनगरस्थित नेपाल आयल निगम डिपोको पार्किङमा राखिएको डिजेलसहितको ट्यांकर चोरी भएको छ । 

आइतबार राति करिब साढे १ बजे पार्किङ लटमा राखिएको ट्यांकर चोरी भएको बताइएको छ ।

चोरीको आरोपमा ट्यांकरसहित एकजना पक्राउ परेका छन् । विराटनगर महानगरपालिका– ४ का २६ वर्षीय श्रवणकुमार यादवलाई प्रहरीले पक्राउ गरेको हो ।

राति ट्यांकर लिएर भाग्दै गर्दा बूढीगंगा गाउँपालिका–३ बाँसबारीबाट ट्यांकरसहित यादवलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीले पक्राउ परेका यावदमाथि अनुसन्धान जारी राखेको छ ।

ट्यांकर चालक यामकुमार खनाल सुत्न र सहचालक शिव खनाल शौचालय गएको मौकामा यादवले चाबी खुला नै रहेको ट्यांकर चोरी गरेको प्रहरीले जनाएको छ ।

राति करिब १ बजे चोरी भएको ट्यांकर अमलेखगञ्ज डिपोबाट २० हजार लिटर डिजेल लिएर राति १२ः३० बजेतिर विराटनगर पुगेको थियो ।

यादव निगमका पूर्व चालक रहेको र केही महिना अघि उनले जागिर छाडेको खुल्नमा आएको छ ।