२१ आश्विन २०८१, सोमबार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज चार करोड ७९ लाख सहयोग प्राप्त सुक्खा पहिरोले जयपृथ्वी राजमार्ग अवरूद्ध मेलम्चीको पानी भोलिदेखि नै काठमाडौंमा पथान्तरण गर्ने सहमति विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६
तपाईं के खोज्दै हुनुहुन्छ ?

थप साबधानी नअपनाएमा डिसेम्बर १ सम्ममा युरोपमा कोभिडजन्य मृत्यु अझै उच्च रहने



अ+ अ-

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले यूरोपमा कोभिड–१९ को नयाँ लहर आउने र यसबाट आगामी डिसेम्बरसम्ममा कम्तीमा दुई लाख ३६ हजार व्यक्तिको मृत्यु हुनसक्ने प्रक्षेपण गरेको छ । 

युरोपका खासगरी गरिब मुलुकमा कोभिड–१९ विरूद्धको खोप दर कम रहेको र यसले कोभिड–१९ नियन्त्रणमा प्रभाबकारी भूमिका निर्बाह गर्न नसक्ने डब्लुएचओले चिन्ता व्यक्त गरेको छ ।

डब्लूएचओ युरोपका निर्देशक हान्स क्लजले सञ्चारकर्मीसँग भन्नुभयो, “गत हप्ता यस क्षेत्रमा मृत्युको सङ्ख्यामा ११ प्रतिशत वृद्धि भएको थियो । एउटा विश्वसनीय अध्ययन रिपोर्टले युरोपमा डिसेम्बर १ सम्ममा थप दुई लाख ३६ हजार मानिसको मृत्यु हुनसक्ने देखाएको छ ।” 

युरोपले अहिलेसम्म १३ लाख कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको पुष्टि गरिएको छ । 

यूरोपका ५३ सदस्य राष्ट्रमध्ये ३३ मुलुकले गत दुई हप्तामा कोभिड–१९ सङ्क्रमण दर १० प्रतिशतभन्दा बढीले वृद्धि भएको जनाएका क्लजले बताउनुभयो । 

यस महादेशभरि भाइरस सर्ने दर उच्च रहेको र यो विशेष गरी विभिन्न देशहरूमा नियन्त्रणका लागि दिनुपर्ने प्राथमिक जनसंख्यामा अत्यन्तै कम रहेको कारण चिन्ताजनक अवस्था मानिएको हो । 

क्लजले बढी फैलिनसक्ने डेल्टा भेरिएन्टको प्रसार रोक्न प्रतिबन्ध तथा नियन्त्रणक अन्य उपायहरूबारे देखाइएकोे सहजता र गर्मी यामसँगै वृद्धि भएका यात्राजन्य गतिविधि दोषी देखिएका बताउनुभयो ।
 
युरोपका लगभग आधा मानिसहरूलाई पूर्ण खोप लगाइएको भए तापनि यस क्षेत्रमा खोप लगाउने कार्य अझै पनि सुस्त भएको क्लजको बुझाइ छ । 

“विगत छ हप्तामा यो १४ प्रतिशतले घटेको छ । कतिपय देशमा खोपको अभाव र केहीमा खोपलाई नस्वीकारिएका कारण यसको असर परेको छ ।”

युरोपका निम्न तथा निम्नमध्यम आय भएका मुलुकका छ प्रतिशत मानिसले मात्र पूर्ण खोप लगाएका छन् । केही मुलुकले १० मध्ये एक स्वास्थ्यकर्मीलाई मात्र खोप दिएका छन् ।

उत्पादन बढाउन, धेरै मात्रा खोपको आपूर्ति गर्न तथा खोपको पहुँचमा सुधार ल्याउन खोप अभियानमा पछि रहेका यूरोपेली मुलुकहरूलाई आग्रह गर्दै क्लजले भन्नुभयो, “हाम्रो क्षेत्रमा खोप अभियानमा सुस्तता आउनु गम्भीर चिन्ताको विषय हो ।”