२३ जेष्ठ २०८३, शनिबार
,
Latest
आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागा चैतन्य भन्छन् – मेरो ट्याटुको नक्कल नगर्नु



अ+ अ-

एजेन्सी । साउथ स्टार नागा चैतन्यले भर्खरै आफ्नो हातमा बनाइएको ट्याटुको बारेमा खुलासा गर्दै आफ्ना फ्यानहरूलाई यसको नक्कल नगर्न आग्रह गरेका छन् ।

एक अन्तर्वार्तामा नागाले यस ट्याटुमा आफ्नो र सामन्था रुथको विवाहको मिति कोडमा लेखिएको बताउँदै यसको कपि नगर्न भनेका हुन् । साथै, अभिनेताले अभिनेत्री एवं पूर्वपत्नी सामन्थासँग छुट्टिएपछि यो ट्याटु हटाउने बारे कहिल्यै नसोचेको पनि बताए ।

एक भारतीय सञ्चारमाध्यमसँगको कुराकानीमा नागाले भने, ‘मैले मेरो नामको ट्याटु खोपाउने केही फ्यानहरूलाई भेटेको छु । मेरो ट्याटुको नक्कल गर्ने केही फ्यानहरू पनि छन् । म सबैलाई बताउन चाहन्छु कि यो कुनै त्यस्तो विशेष छैन जुन तपाईले कपि गर्नु उचित हुन्छ । यो मेरो विवाहको मिति हो । त्यसैले, म फ्यानहरूले यी ट्याटूहरू बनाएको देख्न चाहन्न । मलाई यो देखेर नराम्रो लाग्छ, किनभने जीवनमा धेरै कुराहरू परिवर्तन हुन्छन् र म पनि कुनैबेला यो ट्याटु बदल्न सक्छु ।’

सामन्था रुथ प्रभु र नागा चैतन्यले जनवरी २०१७ मा हैदराबादमा इन्गेजमेन्ट गरेका थिए । दुवैले सोही वर्षको अक्टोबर ६ मा गोवामा हिन्दू र क्रिस्चियन परम्परा अनुसार विवाह गरेका थिए । तर, विवाहको ४ वर्षपछि अर्थात् २ अक्टोबर २०२२ मा दुवै एक–अर्काबाट अलग हुने घोषणा गरे ।