२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मंगलबार रातिको भीषण वर्षाले नुवाकोटमा व्यापक क्षति



अ+ अ-

काठमाडौँ । मंगलबार राति परेको भीषण वर्षाका कारण नुवाकोटमा ठूलो क्षति भएको छ । वर्षाका कारण धानखेत, पक्की पुल र जलविद्युत् संरचनामा क्षति पुगेको छ । काठमाडौँ आउने छोटो मार्ग ढिकुरे–छहरे–गर्जेभन्ज्याङ–टोखा जाने सडकमा क्षति पुग्दा सवारी साधनको आवागमन हुन सकेको छैन ।

ढिकुरेबजारदेखि केही पर तादीखोलमा रहेको पक्की पुलको ढिकुरेबजारतिरको भागमा जाली हालेर बनाइएको सडक कटान भएपछि सडक अवरुद्ध भएको छ । त्यस्तै तादी र पञ्चकन्या गाउँपालिका जोड्ने आँप्रको पक्की पुल पनि वर्षाले क्षतिग्रस्त भएको छ ।

दुप्चेश्वर गाउँपालिका–रावतबेँसीमा बाढी र पहिरोले सिम्ले र कसेरी खेत नष्ट भएको बताइएको छ । सूर्यगढी गाउँपालिका–५ को खारेखोलाले माछापोखरी आउने सिँचाइ कुलो र वरपरका खेत बगाएको समाचार छ ।

त्यस्तै तादीखोलामा निर्माण भएको बुद्धभूमि हाईड्रोपावरमा बाढी परेका तीन कामदारको उद्धार गरिएको छ । उनीहरु हाइड्रोपावरको सुरक्षाका लागि बसेका थिए । भीषण वर्षासँगै तादीखोलामा बाढी आएपछि उनीहरु बीचमा रहेको सुरक्षित स्थानमा बसेका थिए । तर दुवैतिर खोलाको बाढीले वारिपारि जान नसकेपछि आज बिहान उनीहरुको सकुशल उद्धार गरिएको छ । हाइड्रोपावरको बाँधमा बाढीले क्षति पुर्याएको बताइएको छ ।

फोटो-सञ्जीब अधिकारी