२७ भाद्र २०८३, शनिबार
,
Latest
महाधिवेशनको तिथिमिति तलमाथि गर्नु हुँदैन: कांग्रेस नेता अब्दुल सत्तार ‘हामी सरकारलाई साथ दिन र मिलेर काम गर्न तयार छौं, तर सरकार पनि सहकार्यका लागि… नेपालले पाउनुपर्ने जलवायु न्याय पौडेलको ‘एड गुरु सिद्धान्त र अनुभव’ सार्वजनिक बेँसीसहर-चामे सडक आज दिनभर बन्द हुने नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै कालिका नगरपालिकाबाट ‘स्मार्ट कार्ड लाइसेन्स’ वितरण सुरु, भरतपुरसम्म आउनुपर्ने बाध्यता अन्त्य आज विश्व प्राथमिक उपचार दिवस जङ्गलमा भरुवा बन्दुक भेटिए, लागुपदार्थसहित महिला पक्राउ पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर
तपाईं के खोज्दै हुनुहुन्छ ?

वनहरा नदीका कारण झोलुङ्गे पुल उच्च जोखिममा



अ+ अ-

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१२ तिलकी र दमलपट्टि जोड्नका लागि वनहरा नदीमा निर्माण गरिएको झोलुङ्गे पुल नदीको बाढीको उच्च जोखिममा परेको छ ।

पुल जोगाउनका लागि निर्माण गरिएको तटबन्ध छाडेर नदीभित्र पसेर बग्न थालेपछि पुल जोखिममा परेको हो । नदीमा आएको बाढीको पानीले पुल क्षेत्र नजिकको जग्गा कटानको कार्य तीव्र बनाएको स्थानीय मङ्गलप्रसाद चौधरीले बताउनुभयो । “जग्गा कटान पुलसम्म पुग्न ३० मिटर पनि छैन्”, उहाँले भन्नुभयो, “पुलसम्म नै नदीले जग्गा कटान गरे पुल ढल्ने सम्भावना बढेर गएको छ ।” सम्बन्धित निकायमा यसबारे जानकारी गराई सकिएको भए पनि पुल जोगाउनका लागि कुनै पनि प्रयत्न हालसम्म नगरिदा निकै चिन्तित भएको उहाँले बताउनुभयो । 

“पुल बगेमा यस क्षेत्रको आवागमन नै रोकिन्छ”, स्थानीय बालसुग्रिव रानाले भन्नुभयो, “चुरे क्षेत्र र तराई क्षेत्रमा लगातार पानी पर्ने क्रम जारी रहेकाले जग्गा कटानको कार्य रोकिएको छैन ।” पुल क्षेत्रसँगै जोडिएको स्थानीय बासिन्दाको झण्डै १० कठ्ठा बढी धान रोपेको उब्जाउ जग्गा यस वर्षको बाढीले बगाई बगरमा परिणत गरीसकेको छ ।

वनहरा र दोदा नदीको संगमस्थलमा पुल निर्माण गरिएको छ । सो क्षेत्रको जग्गा नदीको पानी घट्ने क्रममा बढी कटान गर्दै आएको छ । बलौटे दोमट जग्गा भएकाले थोरै नदीको बाढीले पनि कटानी गरी बगाउदै आएको छ । वडाध्यक्ष बाले रानाले पुलसँगै स्थानीय बासिन्दाको बाढीको पानीले जग्गा कटानी गर्दै आएको क्षेत्र जोगाउनका नगरपालिका कार्यालयमा जानकारी गराएको भए पनि सुनवाइ हुन नसकेको बताउनुभयो ।

“नदीको बाढीले गर्दै आएको जग्गा कटानी रोक्नका लागि वडासँग बजेट नै छैन” उहाँले भन्नुभयो, “नगरपालिकाले चासो दिँदैन । प्रदेश सरकार संग बलियो तटबन्ध निर्माणका लागि अनुरोध गरेका छौँ तर सुनवाइ छैन ।” दुई तिरबाट नदीले घेरिएको बस्तीका बासिन्दालाई आवतजावतमा सहजता प्रदान गर्नका लागि दुई वर्ष अघि झोलुङ्गे पुल निर्माण गरिएको थियो । तीन सय मिटर लम्बाइको पुल दुई करोड बढीको लागतमा निर्माण गरिएको थियो । (रासस)