३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

साहित्यकार तिवारीको कृतिमा चलचित्र ‘झिङ्गेदाउ’को मुख्य अंश सार्वजनिक



अ+ अ-

काठमाडौं । वरिष्ठ साहित्यकार भिमनिधि तिवारीको कृतिमा आधारित चलचित्र ‘झिङ्गेदाउ’ आगामी भदौ १७ गतेदेखि प्रदर्शनमा आउने भएको छ ।

चलचित्रमा पारिवारिक एकताको महत्वका साथै दाजु–भाइका बीच हुने अंशवण्डाबारे सामाजिक विषयवस्तुलाई समावेश गरिएको छ । वरिष्ठ निर्देशक ज्ञानेन्द्र देउजाले निर्देशन गर्नुभएको चलचित्र निर्माण सम्पन्न भएपछि त्यसका केही महत्वपूर्ण अंश आज प्रदर्शन गरिएको हो । यसअघि निर्देशक देउजाले महाकवि लक्ष्मीप्रसाद देवकोटाले लेख्नुभएको ‘मुनामदन’को निर्देशन गर्नुभएको थियो ।

वरिष्ठ छायाँकार विष्णु घिमिरे ‘कल्पित’ले छायाङ्कन गर्नुभएको चलचित्रमा नायिका केकी अधिकारी, आँचल शर्मा, मुकुन भुसाल, कुशल विष्ट, हिउँमाला गौतम, प्रतीक्षा शाह चन्दलगायत कलाकारको मुख्य भूमिका रहेको छ । फिल्म क्र्यु नेपाल र कपनगढी सिनेमा प्रालिको संयुक्त लगानीमा उक्त चलचित्र करिब चार वर्षको समयावधि तथा रु दुई करोडको लागतमा निर्माण भएको हो ।

चलचित्र निर्माता सङ्घका अध्यक्ष आकाश अधिकारीले चलचित्र क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा प्रवद्र्धन गर्न मौलिक कथामा आधारित विषयवस्तु छनोट गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

वरिष्ठ निर्देशक देउजाले कृतिको भावनाका साथै मर्मलाई प्रतिविम्बित हुने गरी चलचित्र निर्माण गरिएको जानकारी दिनुभयो । नायिका अधिकारी र शर्माले साहित्यकार तिवारीको ऐतिहासिक कृतिमा आधारित भई तत्कालीन सामाजिक परिवेशलाई अभिनयका माध्यमबाट दर्शकसामु ल्याउन पाउनु गौरवको विषय भएको बताउनुभयो । उक्त कार्यक्रममा कलाकारले अभिनयका क्रममा प्राप्त गरेका अनुभवबारे जानकारी गराउनुभएको थियो ।