१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रिमियर लिगः फुलहमसँग लिभरपुल बराबरीमा रोकिँदा चेल्सी, टोटेनहम र बर्नमाउथको विजयी सुरुवात



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत साविक उपविजेता लिभरपुलले बराबरी खेलेको छ । शनिबार साँझ सम्पन्न खेलमा लिभरपुलले फुलहमसँग २–२ को बराबरी खेल्दै अंक बाँडेको हो ।

फुलहमको मैदान क्राभेन कटेजमा भएको खेलमा ३२ औं मिनेटमा एलेक्सान्डर मिट्रोभिचले गोल गर्दै फुलहमलाई सुरुवाती अग्रता दिलाए । ६४ औं मिनेटमा डार्विन नुनेजले गोल गर्दै लिभरपुललाई १–१ को स्थितीमा ल्याए ।

७२ औं मिनेटमा मिट्रोभिचले पेनाल्टीमार्फत व्यक्तिगत तथा टिमका लागि दोस्रो गोल गर्दा फुलहम २–१ ले अघि रह्यो ।

तर, ८० औं मिनेटमा मोहमद सलाहले गोल गर्दै लिभरपुलको हार टारे । बराबरीसँगै दुबै टिमले समान एक अंक जोडेका छन् ।

चेल्सीले एभर्टनलाई हरायो
चेल्सीले प्रिमियर लिगमा विजयी सुरुवात गरेको छ । शनिबार राति भएको खेलमा चेल्सीले एभर्टनलाई उसकै मैदानमा १–० गोलले पराजित गरेको हो ।

चेल्सीलाई जित दिलाउन एकमात्र निर्णायक गोल जर्गिन्होले गरे । उनले पहिलो हाफको थप समयमा पेनाल्टीमार्फत गोल गरेका हुन् । जितसँगै चेल्सीले पहिलो खेलबाटै महत्वपूर्ण तीन अंक जोडेको छ ।

साउथह्याम्प्टनविरुद्ध टोटेनहमको सानदार जित
टोटेनहमले सानदार जित निकालेको छ । शनिबार राति सम्पन्न खेलमा टोटेनहमले साउथह्याम्प्टनलाई ४–१ गोलले पराजित गरेको हो ।

टोटेनहमलाई जित दिलाउन र्यान सेसेग्नन, एरिक डाएर, डेजान कुलुसेभ्स्कीले एक–एक गोल गरे । साउथथह्याम्प्टनका मोहमद सालिसुले आत्मघाती गोल गरेपछि थप एक गोल भने टोटेनहमले उपहारस्वरुप पायो । साउथह्याम्प्टनका लागि जेम्स वार्डले एकमात्र सान्त्वना गोल गरे । जितसँगै टोटेनहमले पहिलो खेलबाटै महत्वपूर्ण तीन अंक जोडेको छ ।

बर्नमाउथसँग एस्टन भिल्ला पराजित
बर्नमाउथले जितसँगै प्रिमियर लिगको सुरुवात गरेको छ । शनिबार राति सम्पन्न खेलमा बर्नमाउथले एस्टल भिल्ललालाई २–० गोलले पराजित गरेको हो ।

घरेलु मैदानमा बर्नमाउथलाई जित दिलाउन खेलको दोस्रो मिनेटमा जेफर्सन लेर्माले र ८० औं मिनेटमा किएफर मोएरेले गोल गरे । जितसँगै बर्नमाउथले तीन अंक जोडेको छ ।