२३ जेष्ठ २०८३, शनिबार
,
Latest
क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा उपराष्ट्रपति चयनका लागि मतदान



अ+ अ-

नयाँ दिल्ली । भारतमा उपराष्ट्रपति चयनका लागि शनिबार मतदान भएको छ ।

सबैभन्दा पहिले प्रधानमन्त्री नरेन्द्र मोदीले मतदान गरेर मतदान प्रक्रिया सुरु भएको अधिकारीहरूले जनाएका छन् । उपराष्ट्रपतिको चयन संसदबाट हुने भएकोले संघीय संसद्‌मा मतदान भएको हो ।

उपराष्ट्रपति चयनका लागि मतदान गर्न लोक सभा र राज्य सभाका सबै सांसद तथा मनोनित सदस्यहरू योग्य मानिन्छन् ।

स्थानीय समय अनुसार बिहान १० बजेदेखि सुरु भएको मतदान बेलुका पाँच बजेसम्म चल्ने अधिकारीहरूले जानकारी दिएका छन् । मतगणना शनिबार नै गरेर नतिजा पनि सार्वजनिक हुने बताइएको छ ।

नवनिर्वाचित उपराष्ट्रपतिलाई सपथ खुवाउने कार्यक्रम भने आगामी अगस्ट ११ मा मात्रै गराइने तालिका रहेको छ ।

सन् २०१७ मा निर्वाचित वर्तमान उपराष्ट्रपति एम बेकैया नायडुको कार्यकाल अगस्ट १० मा सकिने भएकाले नवनिर्वाचित उपराष्ट्रपतिलाई अगस्ट ११ मा सपथ खुवाइने भएको हो ।

नयाँ उपराष्ट्रपतिका लागि विपक्षी दलहरूको तर्फबाट मार्गरेट अल्भालाई उम्मेदवार बनाइएको छ भने सत्तारुढ दलहरूको तर्फबाट भारतीय जनता पार्टीका शीर्ष नेता जगदिप धनकरलाई उठाइएको छ ।

उहाँ व्यवसायीक हिसाबले वकिल हुनुहन्छ भने यसअघि पश्चिम बंगालको गभर्नर हुनुभएको थियो । सन् २०१९ मा गभर्नरमा नियुक्त हुनुभएका धनकरले मुख्यमन्त्री ममता बेनर्जीसँगको चिसो सम्बन्धका कारण राजीनामा दिनु भएको थियो ।

भारतको संविधान अनुसार उपराष्ट्रपति देशको दोस्रो ठूलो पद हो ।




भर्खरै