१८ असार २०८३, बिहीबार
,
Latest
विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमाथि आज सर्वोच्चमा सुनुवाइ हुँदै बाँकेमा रोपाइँ गर्न आकाशे पानीकोभर जुम्लामा चट्याङमा परी रावतको मृत्यु आज दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बस्दै बर्दियाबाट सुरु भयो लालपुर्जा वितरण, २९ भूमिहीन परिवार बने जग्गाधनी असई विक मृत्यु प्रकरणः पूर्वसांसद महतोसहित छ जनालाई पाँच वर्ष कैद, तीन जनालाई जन्मकैद सजाय सवारीको ठक्करदिँदा युवकको मृत्यु सरकारका १०० दिनः विज्ञान प्रविधिसँगै नवप्रवर्तन मन्त्रालयको नयाँ अभ्यास बोस्नियालाई पराजित गर्दै अमेरिका अन्तिम १६ मा प्रवेश प्रतिनिधिसभा बैठक बस्दै, यी चार विधेयक पारित गर्ने सरकारको तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

व्यक्तिहत्या अभियोगमा सभामुख सापकोटा बिरुद्ध दायर मुद्दाको सुनुवाई हुदै



अ+ अ-

काठमाडौ । द्वन्द्वकालीन समयमा काभ्रेका अर्जुन लामाको हत्यामा संग्लन भएको भन्दै तत्कालीन नेकपा माओबादीका नेता तथा हाल सभामुख अग्निप्रसाद सापकोटा बिरुद्ध २०६८ सालमा दायर भएको मुद्दाको सर्बोच्च अदालतको सबैधानिक ईजलासमा आज सुनुवाई हुदैछ ।

पटक पटक पेसीमा रहेर पनि बिभिन्न कारण  देखाउदै हेर्न नभ्याईएको मुद्दाको आज फेरी सुनुवाई हुन लागेको हो ।  प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबरा अध्यक्ष रहेको इजलासमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा रहन भएको छ ।

२०६९ मंसिर ७ आफ्ना श्रीमानको सापकोटाले हत्या गरेको भन्दै लामाकी पत्नी पूर्णिमाया लामा, मानव अधिकारकर्मी शुशिल प्याकुरेल, कपिल श्रेष्ठ, कणकमणि दीक्षित, चरण प्रसाईं लगायतका व्यक्तिहरुले  २०६८ असार ६ गते सापकोटा बिरुद्द मुद्दा दर्ता गरेका थिए ।