५ असार २०८३, शुक्रबार
,
Latest
‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना निर्माणको विषयमा सरकार गम्भीर छ: मन्त्री श्रेष्ठ सम्पती शुद्धिकरण निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ प्रतिनिधि सभाबाट स्वीकृत बर्ड फ्लु संक्रमणपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द नेपाल स्काउटलाई समयानुकूल पुनर्संरचना गर्दै नयाँ कार्यसमिति ल्याइन्छः शिक्षामन्त्री पोखरेल सार्वजनिक खरिद ऐनमा देखिएका जटिलता तत्काल हटाउनका लागि अध्यादेश ल्याउनुपरेको होः कानूनमन्त्री गौतम रास्वपा सांसदहरूले गभर्नर पौडेललाई सोधे–दुई तिहाई बहुमतको सरकारले निजी क्षेत्रमैत्री बजेट ल्याउँदा पनि कर्जा विस्तार… नयाँ चलचित्र ऐनलाई समयसापेक्ष र व्यावहारिक बनाउन सरकार प्रतिवद्ध छः सञ्चारमन्त्री तिमिल्सिना राष्ट्रियसभा : विस्थापित सुकुम्बासीलाई खान, बस्न र औषधापचारको व्यवस्था गर्न माग अर्थमन्त्री वाग्लेद्वारा वैदेशिक ऋण बाध्यता भएको स्पष्टिकरण, उत्पादनमूलक क्षेत्रमा लगानी भएकाले नआत्तिन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजनीति गर्न सजिलो छैनः माधवकुमार नेपाल



अ+ अ-

काठमाडौं । नेपाल कम्युष्निट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री मावधकुमार नेपालले राजनीतिक यात्रा सजिलो नभएको बताउनुभएको छ । शुक्रवार लतिपुरमा स्नेहलता जीवन कथाका पानाहरु जीवन संस्करण पुस्तकको लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले पुराना महिला योद्धाहरुलाई राजनीति गर्न धेरै गाह्रो भएको स्मरण गर्दै अहिले पनि राजनीति गर्ने काम सजिलो नभएको बताउनु भयो । अध्यक्ष नेपालले अझैपनि राजनीति सजिलो रुपमा गर्न सम्भव नभएको बताउनु भयो । उहाँले राजनीतिमा धेरै चुनौतीको सामना गर्नुपर्ने बताउनु भयो । अध्यक्ष नेपालले जनताको सेवा गर्ने, समाज परिर्वतन गर्ने र देशको गरिमालाई माथि उठाउने पुराना योद्धाहरुको आचारण अनुरुपमा राजनीतिक उदेश्य राख्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ पुराना महिला योद्धाहरुलाई राजनीति गर्न धेरै गाह्रो थियो । राजनीति गर्ने कुरा सजिलो हुँदैन । अहिलेसम्म पनि देखिन्छ । राजनीति सजिलो यात्रा होइन । सजिलो गरी सम्भव छैन । राजनीतिमा धेरै चिजहरुको चुनौती सामान गर्नुपर्छ । तर सबैभन्दा ठूलो कुरा के हो भने राजनीतिकको उद्देश्य जनताको सेवा गर्ने हो,समाज परिवर्तन गर्ने र देशको गरिमालाई माथि उठाउने हो भने त्यही अनुसारको आचारण हुनुपर्छ ।

कम्युनिष्ट पार्टीका संस्थापक नेताहरुलाई सम्झिरहेको छु । पुराना योद्धाहरुबाट हामीले प्रेरणा लिन,सम्मान गर्न र उहाँहरुको योगदानको प्रसंशा गर्नसक्यौं भने इतिहासको कदर गरेको ठहरीन्छ । हामीले इतिहासको कदर गर्नसक्यौ भने भविष्यले वर्तमानको कदर गर्नेछ ।

अध्यक्ष नेपालले पुराना योद्धाहरुबाट प्रेरणा लिन,सम्मान गर्न र उनीहरुको योगदानको प्रसंशा गर्न सकेमात्र इतिहासको कदर गरेको ठहरिने बताउनु भयो । उहाँले अहिलेका राजनीतिक नेतृत्वले इतिहासको कदर गर्नसक्यो भने मात्रै भविष्यले वर्तमानको कदर गर्ने उल्लेख गर्नुभयो ।

 




भर्खरै