३१ जेष्ठ २०८३, आईतवार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षाको सम्भावना सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्ता गठबन्धनमा सिट बाँडफाँटका लागि ११ सदस्यीय कार्यदल गठन



file
अ+ अ-

काठमाडौँ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनाका लागि चुनावी सिट बाँडफाँटका लागि सत्ता गठबन्धनले ११ सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलमा नेपाली कांग्रेसबाट तीन जना सदस्य रहने छन्भने अन्य दलबाट दुई/दुई जना सदस्य रहनेछन् ।

नेपाली कांग्रेसबाट कार्यदलमा कांग्रेस महामन्त्री गगन थापा, केन्द्रीय सदस्य कृष्ण सिटौला र सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की रहनेछन । त्यस्तै नेकपा (माओवादी केन्द्र) बाट वर्षमान पुन र जनार्दन शर्मा, नेकपा (एकीकृत समाजवादी) बाट महासचिव बेदुराम भुसाल र प्रमेश हमाल कार्यदलको सदस्य रहेनछन् ।

जनता समाजवादी पार्टी (जसपा) बाट रामसहायप्रसाद यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनामोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा कार्यदलको सदस्य रहनेछन् ।

कार्यदलले यही साउन मसान्तभित्र सबै निर्वाचन क्षेत्रको तथ्य आकलन गरी सिट बाँडफाँटको मोडालिटीसहितको सुझाव प्रस्तुत गर्ने बताइएको छ ।