काठमाडौं । प्रिमियर लिग क्लब फुलहमले गोलकिपर बर्न्ड लेनोलाई टिममा भित्र्याएको छ । फुलहमले जर्मन गोलकिपरलाई आर्सनलबाट अनुबन्ध गरेको हो ।
३० वर्षीय लेनोले फुलहमसँग ३ वर्षको सम्झौता गरेका छन् । लेनो २०१८ मा जर्मन क्लब बायर लिभरकुसेनबाट आर्सनल आएका थिए ।
आर्सनलका लागि उनले १ सय २५ खेल खेलेका थिए ।