१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह

पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न माग गर्दै अनेरास्ववियूले गर्‍यो विरोध प्रदर्शन (भिडियो)

पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न माग गर्दै अनेरास्ववियूले गर्‍यो विरोध प्रदर्शन (भिडियो)
अ अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूले बिरोध प्रदर्शन गरेको छ । बुधवार आयल निगमको प्रधान कार्यालय अगाडि अनेरास्ववियू वाग्मती प्रदेश उपत्यका विशेष कमिटीले पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणालीअनुसार समायोजन गर्न माग गर्दै बिरोध प्रदर्शन गरेको हो । अनेरास्ववियुले बिरोध प्रदर्शनसँगै निगमलाई स्वचालित मूल्य प्रणाली अनुसार मूल्य समायोजन गर्न माग ज्ञापनपत्र समेत बुझाएको छ ।

पेट्रोलियम पदार्थको मूल्य अन्तर्राष्ट्रिय बजारमा घटेको र आइओसीले नेपाललाई मूल्य घटाएर पठाउँदा समेत नेपाल आयल निगमले समायोजन नगरेको भन्दै बिरोध प्रदर्शन गरेका हुन् । अनेरास्ववियुका केन्द्रिय उपाध्यक्ष आरसी लामिछानेले पेट्रोलियम पदार्थको स्वचालित रुपमा मूल्य समायोजन नभएसम्म विरोधका कार्यक्रम जारी राखिने बताउनु भयो । उहाँले अहिले सिंहदबार भित्र बसेर आयल निगम सक्ने गरी निजीकरणको तानामान बुन्दै गरेको बताउनु भयो । लामिछानेले जनताको पक्षमा निर्णय गर्न चुक्न नहुने बताउनु भयो ।

त्यस्तै,नेपाल आयल निगमका प्रवक्ता विनितमणी उपाध्यायले अनेरास्ववियूको ज्ञापनपत्र बुझ्दै स्वचालित मूल्य प्रणाली लागू गर्न निगम प्रतिवद्ध रहेको बताउनु भयो । उहाँले निगमले अहिले पनि १४ अर्ब भारतीय रुपैयाँ भारतको आयल निगमलाई बुझाउन बाँकी रहेकाले माग पूरा गर्न नसकेको बताउनु भयो ।

उहाँले विद्यार्थी संगठनले गरेको माग अनुसार आयल निगमको अवस्थाबारे आज नै विज्ञप्ती सार्वजनिक गर्ने बताउनु भयो । बिरोध प्रदर्शनमा विद्यार्थीहरुले प्रधानमन्त्री शेरबहादुर देउवाबिरुद्ध नाराबाजी गर्नुका साथै,मूल्य वृद्धि फिर्ता गर्,आयल निगमका दलालहरु होसियार,पेट्रोलियम पदार्थको मूलयवृद्धि समायोजन गर्,स्वचालित मूल्य प्रणाली कायम गर्, जनताको चुलो निभाउन पाइँदैन,परमादेशी सरकार चाहिँदैन जस्ता नारा समेत लगाएका थिए ।