५ असार २०८३, शुक्रबार
,
Latest
यस्ता छन् जेठ महिनाभर बसेका मन्त्रिपरिषद् बैठकका निर्णयहरू (निर्णयसहित) अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले नेपाली चलचित्रले विश्व बजारमा नेपालको पहिचान स्थापित गर्न सक्छः राष्ट्रपति पौडेल पाथीभरा केवलकार विवाद समाधान गर्न सरकारद्वारा सात सदस्यीय कार्यदल गठन सरकारका राम्रा कामको समर्थन गर्छौंः राप्रपा नेता शाही जनमत प्राप्त सरकारले करको विवेकपूर्ण ढंगले उपयोग गर्न पाउँछः अर्थमन्त्री वाग्ले खुश्वु ओलीको आरोपः सरकारले स्वार्थ समूहको प्रभाव बढ्ने गरी कर नीति ल्यायो हेटौँडाका ६० जना अनौपचारिक क्षेत्रका श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत गाजाका सबै सिमाहरू खोली सहायता आपूर्तिका प्रतिबन्धहरू हटाउन राष्ट्रसङ्घको आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

वर्तमान सरकार विघटन गरी स्वतन्त्र चुनावी सरकार बनाउन राप्रपा अध्यक्ष लिङ्देनको माग



अ+ अ-

निर्वाचन घोषणापछि पनि वर्तमान संसद्लाई निरन्तरता दिने प्रयास भइरहेका बेला राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष बनाउन चुनावी सरकार गठन गर्नुपर्ने बताउनुभएको छ । उहाँले निर्वाचन घोषणापछि वर्तमान सरकारसमेत विघटन गरी स्वतन्त्र चुनावी सरकार गठन गर्नुपर्ने माग गर्नुभएको छ ।

सामाजिक सञ्जालमा अध्यक्ष लिङ्देनले भन्नुभएको छ, “निर्वाचन घोषणापछि पनि संसद्लाई निरन्तरता दिने होइन बरू निर्वाचन स्वतन्त्र निष्पक्ष होस् भन्नका लागि सरकारसमेत विघटन गरेर स्वतन्त्र चुनावी सरकार गठन गर्नु उपयुक्त हुन्छ। यो गठबन्धन सरकारलाई जनता र प्रजातन्त्रमाथि विश्वास छ भने त्यसतर्फ अघि बढे राम्रो ।”