काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल बीच भेटवार्ता भएको छ । शिहदरबार स्थित माओवादी केन्द्रको दलको कार्यलयमा उहाँहरु बीच भेट वार्ता भएको हो ।
भेटमा सरकार गठन भएको दुई महिना पुग्न लाग्दा पनि सरकारले पूर्णता पाउन नसकेको नेकपा समाजवादी माथी आई पर्ने कानुनी अड्चन तथा प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओली बीच सुमधुर हुँदै गएको सम्बन्ध बारेमा पनि छलफल भएको बुझिएको छ ।