११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जसपाका सांसद गोस्वामीले पनि रोजे लोसपा



अ+ अ-

जनकपुरधाम । प्रदेश २ मा महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) राज्नेमा जनता समाजवादी पार्टी (जसपा)का सांसद प्रह्लाद गिरी गोस्वामी पनि परेका छन् । बुधबार नै पनि जसपाका १० सांसदहरुले लोसपा रोजिसकेका थिए ।

लोसपा रोज्नेमा परमेश्वर साह, सरिता साह, बाबुलाल साह, जानकीशरण शाह, जयनुल राइन, अलका झा, बबिता कुमारी, निलम देवी भुमिहारिन, रमेश प्रसाद कुर्मी र गौरीनारायण साह रहेका छन् । 

पर्सा क्षेत्र नम्बर ३ को ‘ख’ बाट चुनाव जितेका गोस्वामी, उपेन्द्र यादव नेतृत्वको तत्कालीन मधेशी जनअधिकार फोरम नेपालबाट प्रदेश सभामा निर्वाचित हुन् । 
गोस्वामीले बिहीबारै निर्वाचन कार्यालय पुगेर सनाखत गर्ने जानकारी दिएक छन् ।  ।