११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह

संसदीय विशेष समितिको प्रतिवेदनलाई मान्न सकिँदैन – ओली

संसदीय विशेष समितिको प्रतिवेदनलाई मान्न सकिँदैन – ओली
file
अ अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानवीन गर्न गठित संसदीय विशेष समितिको प्रतिवेदन मान्न नसकिने बताउनु भएको छ । समितिको सो प्रतिवेदन सत्य नभएको र तथ्यमा आधारित पनि नरहेकाले त्यसलाई मान्न नसकिने पूर्वप्रधानमन्त्री समेत रहनु भएका ओलीको भनाई छ ।

राष्ट्रिय युवा संघ, नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सत्तारुढ गठबन्धनकै बहुमतले तयार पारेर ल्याइएको सो प्रतिवेदनलाई नेपाली जनताले पनि अस्विकार गर्नुपर्ने तर्क गर्नु भयो । अध्यक्ष ओलीले आफ्नो पार्टीलाई सो प्रतिवेदन मान्य नहुने र जे सत्य हो, त्यसैमा अडिएर अघि बढने आफ्नो पार्टीको अडान रहेको समेत स्पष्ट पार्नु भयो । समितिमा ११ जनामध्ये ७ जना आफ्नो राख्ने र अनि हुन्छ र हुन्न भनेको आधारमा सो प्रतिवेदन आएको भन्दै उहाँले आक्रोश समेत व्यक्त गर्नु भयो ।

अध्यक्ष ओलीले भन्नु भयो, ‘इन्टरनेशनल छानवीन गरौं । यो देश विरुद्धको अपराध हो । देशको अर्थतन्त्र माथिको गम्भिर अपराध हो । जनताले राजस्व तिर्नुपर्छ । उद्योग, व्यवसाय यहाँ चलाउनुपर्नेछ । व्यवसायीको घाटी निमोठिएको छ । केही औद्योगिक घराना पोस्नका लागि देशको उद्योग र अर्थतन्त्रलाई जानीजानी धराशायी पार्ने अपराध गरिएको छ । मामुली कुरा हो यो ? आईन्दा सच्याउला भन्ने कुरासम्म पनि छैन ।

यो विषयलाई गम्भिरताका साथ लिईएन । गल्ती भयो भन्ने सम्म पनि छैन । अनि गल्ती नै भएको छैन ? प्रमाणित भएन रे । ७ जनाले प्रमाणित हुनै दिएन, मानेन । अनि ७ जना आफू राखेर बहुमत र अल्पमतको फैसला । त्यो त पार्लियामेन्टमै हुन्छ/हुन्न ? गरेको भए भईहाल्थ्यो नि । गठबन्धनसँग हाल बहुमत छदैछ । त्यहाँ पनि हुन्छ÷हुन्न भनेर निर्णय गर्ने भएपछि । सत्य होइन, हुन्छ र हुन्नको आधारमा ११ जनाको समिति बनाउने । सात जना आफ्ना राखेर अनि हुन्छ÷हुन्न भनेर ल्याउने रिर्पोट ? यो कुनै रिर्पोट होईन । तथ्यमा आधारित रिर्पोट होइन । त्यसकारण त्यसलाई मान्न सक्ने कुरा हुँदैन । नेपाली जनताले त्यसलाई अस्विकार गर्नु पर्दछ । र, हामी फरक ढंगले यसलाई जे सत्य हो, त्यो सत्यमा अडिएर हामी अघि बढनेछौं ।’

अध्यक्ष ओलीले सत्तारुढ दलहरुले देशलाई बर्बादीको दिशातिर धकेलेको उल्लेख गर्दै त्यसलाई जोगाउन पनि आगामी निर्वाचनमा एमालेले शान्दार बहुमत ल्याएर सरकार बनाउनुपर्ने जिकीर समेत गर्नु भयो । देशलाई बचाउन, जोगाउन र अघि बढाउन एमालेले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा शान्दार बहुमत ल्याएर सरकार बनाउनुपर्ने अवस्था आएको भन्दै उहाँले त्यसका लागि खट्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनु भयो ।

अध्यक्ष ओलीले भन्नु भयो, ‘सत्तारुढ दलका नेताहरुले स्वार्थका लागि काम गरेपछि देश बर्बाद हुन्छ नै । यसबाट देशलाई जोगाउने उपाय भनेको हामीले आगामी निर्वाचनमा शान्दार बहुमत ल्याएर सरकार बनाउनु नै हो । जसबाट मात्रै देश बन्न सक्छ । एमालेलाई सरकारमा जानु परेको होइन । तर एमालेलाई सरकारमा नपुगी नहुने, बहुमत नभई नहुने किन भयो भने–यो देशलाई बचाउनु छ, जोगाउनु छ । यसलाई अगाडि बढाउनु छ । त्यसकारण नेकपा (एमाले) सरकारमा पुग्नु प¥यो । बहुमत आउनु प¥यो । यसका निम्ति खट्न म साथीहरुलाई आग्रह गर्न चाहन्छु ।’

ओलीले एमाले सरकारमा नपुगी मुलुक अघि बढन नसक्ने पटकपटक दोहो¥याउनु भयो । त्यस अवसरमा उहाँले जथाभावी न्याय निरुपण नगर्न अदालतलाई पनि सचेत गराउनु भयो ।