२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गठबन्धन सरकार विदेशीले चलाएको उपाध्यक्ष पौडेलको आरोप



file
अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले अहिलेको गठबन्धन सरकार विदेशीले चलाएको आरोप लगाउनु भएको छ ।

प्रेस चौतारी सिन्धुलीद्वारा आयोजित पत्रकार भेटघाटमा बोल्दै उपाध्यक्ष पौडेलले यस्तो आरोप लगाउनु भएको हो ।

गठबन्धन सरकारले संसदबाट पारित गरेको नागरिकता विधेयक विदेशीको इशारामा ल्याएको र यो सरकार विदेशीको कठपुतली भएको उहाँको दाबी छ ।

यस्तै पूर्वअर्थमन्त्री समेत रहनुभएका पौडेलले सरकारले ल्याएको बजेट र नागरिकता विधेयकले सरकार विदेशीको इशारामा चलेको प्रस्ट भएको बताउनुभयो ।

बजेट वक्तव्यमा देखिएको तमासाले आम नागरिकमा सरकारको गोपनियता र विश्वास गुम्दै गएको बताउँदै तोकिएको समयमा संघ तथा प्रदेशको निर्वाचन नगराउने षडयन्त्र भइरहेको आरोप समेत लगाउनुभयो ।