११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह

चुनाव घोषणा गर्ने प्रधानमन्त्रीको तयारी, प्रचण्ड भन्नुहुन्छः गठबन्धनमा एकमत हुन बाँकी छ

चुनाव घोषणा गर्ने प्रधानमन्त्रीको तयारी, प्रचण्ड भन्नुहुन्छः गठबन्धनमा एकमत हुन बाँकी छ
फाइल फोटो
अ अ+ अ-

काठमाडौंः आगामी संघ र प्रदेशको चुनावको मिति घोषणा गर्ने विषयमा सत्तारुढ दलहरुबीच नै मतैक्य हुन सकेको छैन । सत्तारुढ गठबन्धनको एक घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यस बारेमा सत्ता गठबन्धनभित्र एकमत भैनसकेको बताउनु भएको छ ।

माओवादी केन्द्रको पेरिस डाँडास्थित केन्द्रीय कार्यालयमा आजदेखि शुरु भएको स्थायी समिति बैठकमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री शेर बहादुर देउवाले चुनाव घोषणा गर्न प्रस्ताव गरे पनि आफूले केही दिन पर्खन भनेको जानकारी दिनु भएको बैठकमा सहभागी एक नेताले बताए ।

स्रोतका अनुसार, प्रचण्डले बैठकमा “मैले नागरिकता विधेयक पारित गरेर मात्रै चुनावको मिति घोषणा गर्नु उपयुक्त हुन्छ, पख्नुस् भनेको छु । अब बस्ने मन्त्रिपरिषद बैठकले चुनावको मिति घोषणा गर्छ ।”

निर्वाचन आयोगले यसअघि नै संघ र प्रदेशको चुनाव आगामी मंसिर ४ गते एकै पटक गर्नेगरी प्रस्ताव गरिसकेको छ ।

एक अर्को प्रसंगमा प्रचण्डले वर्तमान गठबन्धन चुनावसम्मै रहने बताउनु भएको थियो । उहाँले चुनावमा जाँदा गठबन्धनका दलहरुभित्र मोर्चाहरु बन्न सक्ने बताउनुभयो, तर प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग एकता वा सहकार्यको संभावना नरहेको स्पष्ट गर्नुभयो ।

विगतमा गरिएका गल्ती तथा कमजोरी स्वीकार नगरेको तथा कुनै पनि आत्मआलोचना नगरेका कारण एमालेसँग गठबन्धन हुने ‘च्याप्टर क्लोज’ भइसकेको अध्यक्ष प्रचण्डको भनाई छ ।

बैठक शुक्रबार बिहान पुनः बस्नेछ ।