बुटवल । लुम्बिनी प्रदेशको मन्त्रिपरिषदमा हेरफेर र कार्यविभाजन भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १६८ को उपधारा ९ अनुसार मुख्यमन्त्री कुलप्रसाद केसीको सिफारिसमा साउन २८ मा गठित मन्त्रिपरिषदमा हेरफेर र कार्य विभाजन गरेका हुन् ।
प्रदेश प्रमुख कार्यालयबाट जारी विज्ञप्ति अनुसार मन्त्रिपरिषदमा हेरफेर र कार्यविभाजन :
श्री कुल प्रसाल के.सी- मुख्यमन्त्री
श्री डिल्लीबहादुर चौधरी- पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्रालय
श्री कृष्णध्वज खड्का- आर्थिक मामिला तथा सहकारी मन्त्रालय
श्री सहसराम यादव- भौतिक पूर्वाधार विकास मन्त्रालय
श्री अजय शाही- उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय
श्री सुमन शर्मा रायमाझी- विना विभागीय
श्री पुर्मती ढेंगा- विना विभागीय