४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या

नेप्से परिसूचक ४४.८० अंकले गिरावट

नेप्से परिसूचक ४४.८० अंकले गिरावट
अ+ अ-

काठमाडौं । मौद्रिक नीतिपछि लगातार दुई दिन बढेको नेप्से परिसूचक मंगलवार उच्च अंकले गिरावट आएको छ ।

मंगलवार नेप्से सूचक ४४.८० अंकले घटेर २०८८.१६ बिन्दुमा झरेको हो । त्यस्तै,सेन्सेटिभ इण्डेक्स ८.९९ अंकले घटेको छ भने फ्लोटइण्डेक्स ३.२१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.३२ अंक घटेको छ ।

मंगलवार कारोबारमा आएका २२२ कम्पनीको ८७ लाख ४० हजार ५५१ कित्ता शेयर ९९ लाख ४४ हजार ४८ कित्ता शेयर ३ अर्ब ७० करोड ४९ लाख ९८ हजार ३९८ रुपैयाँ बराबरको कारोबार भएको छ । सोमवार ४ अर्ब १० करोड ६८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।

नेप्सेका १३ वटै उपसमूहको सूचकमा गिरावट आएको छ । जसमा विकास बैंक, फाइनान्स, होटल, लगानी, माइक्रोफाइनान्स, ब्यापार र अन्य उपसमूहको सूचक २ प्रतिशतभन्दा धेरैले घटेको छ । अन्य बाँकी सबै उपसमूहको सूचक १ प्रतिशत भन्दा बढीले गिरावट आएको छ ।

नेप्सेमा गिरावट आए पनि मल्टिपर्पस फाइनान्सको शेयरमूल्य ९.३२ प्रतिशतले बढेको छ भने सुर्योदय वमी लघुवित्तको ६.७२ प्रतिशत,युनाइटेड मोदि हाइड्रोपावरको ६.१९ प्रतिशत र समृद्धि फाइनान्सको ३.२३ प्रतिशतले बढेको छ । यता गणपति लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ६.८२ प्रतिशतले घटेको छ ।

मंगलवार पनि शिवम सिमेन्टको सबैभन्दा धेरै १९ करोड ३६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । अरुण काबेली हाइड्रोपावरको १५ करोड ५६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।