२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
रु २१ खर्ब २४ अर्बको बजेटप्रति मिश्रित प्रतिक्रिया, कार्यान्वयन र राजस्व लक्ष्यमा देखिए प्रमुख चुनौती सगरमाथामा ६ दिन हराएर उद्धार गरिएका हिलारी दावा शेर्पा उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना सरकारको ऊर्जा लक्ष्य बजेटले पूरा गर्न सक्दैनः दुलाल राप्रपाका १८३ जना नेता–कार्यकर्ताले सामूहिक रूपमा गरे पार्टी परित्याग कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यान्मारमा पूर्व सांसदसहित चार प्रजातन्त्रवादी नेतालाई मृत्युदण्ड



अ+ अ-

म्यान्मारको सेनाले चार जना प्रजातन्त्रवादी नेतालाई मृत्युदण्ड दिएको छ। मृत्युदण्ड दिइएकाहरुमा भूतपूर्व सांसद फ्यो जेया थअ, लेखक को जिम्मी, ह्ला म्यो आङ र आङ थुरा जअ रहेका छन् ।

उनीहरुलाई आतङ्ककारी गतिविधिमा संलग्न रहेको आरोप लगाइएको बिबिसीको समाचारमा छ ।

चारै जनामाथि यसअघि जुन महिनामा मृत्युदण्ड दिइने घोषणा गरिएको थियो जसको अन्तर्राष्ट्रिय समुदायले निन्दा गरेको थियो।

प्रजातन्त्रवादी नेतृ आङ सान सू चीको सरकारलाई भंग गरी सन् २०२१ फेब्रुअरीमा सेनाले देशको शासनसत्ता आफ्नो हातमा लिएको थियो। सेनाको उक्त कदमको देशभित्रै ठूलो विरोध भए पनि सेनाले त्यसलाई क्रुरतापूर्वक दमन गरेको थियो ।