• १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
  •   Unicode
Logo

म्यान्मारमा पूर्व सांसदसहित चार प्रजातन्त्रवादी नेतालाई मृत्युदण्ड



म्यान्मारको सेनाले चार जना प्रजातन्त्रवादी नेतालाई मृत्युदण्ड दिएको छ। मृत्युदण्ड दिइएकाहरुमा भूतपूर्व सांसद फ्यो जेया थअ, लेखक को जिम्मी, ह्ला म्यो आङ र आङ थुरा जअ रहेका छन् ।

उनीहरुलाई आतङ्ककारी गतिविधिमा संलग्न रहेको आरोप लगाइएको बिबिसीको समाचारमा छ ।

चारै जनामाथि यसअघि जुन महिनामा मृत्युदण्ड दिइने घोषणा गरिएको थियो जसको अन्तर्राष्ट्रिय समुदायले निन्दा गरेको थियो।

प्रजातन्त्रवादी नेतृ आङ सान सू चीको सरकारलाई भंग गरी सन् २०२१ फेब्रुअरीमा सेनाले देशको शासनसत्ता आफ्नो हातमा लिएको थियो। सेनाको उक्त कदमको देशभित्रै ठूलो विरोध भए पनि सेनाले त्यसलाई क्रुरतापूर्वक दमन गरेको थियो ।