२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

रनिल विक्रमासिंघे बने श्रीलंकाको राष्ट्रपति



अ+ अ-

कोलम्बो । श्रीलंकामा बुधबार भएको राष्ट्रपति निर्वाचनमा कार्यबाहक राष्ट्रपति रनिल विक्रमासिंघे निर्वाचित भएका छन् । कार्यवाहक राष्ट्रपति विक्रमासिंघेले यस निर्वाचनमा जित हासिल गरेर जनतामा नयाँ आशा जगाएका छन् ।

राष्ट्रपति पदका लागि रनिल विक्रमासिंघे, डलास अल्हपेरुमा र वामपन्थी जनता विमुक्ति पेरामुना (जेभीपी) का नेता अनुरा कुमारा दिसानायकेबीच प्रतिस्पर्धा थियो ।

हालसम्मकै सबैभन्दा खराब आर्थिक संकटसँग जुध्न सरकार असफल भएसँगै जनता आन्दोलनमा उत्रिएपछि गोटाबाया राजापाक्षेले विरोधमा देश छाडेपछि नयाँ राष्ट्रपतिका लागि निर्वाचन भएको हो ।

शीर्ष स्थानमा थिए विक्रमासिंघे

एसएलपीपीका अध्यक्ष जीएल पेइरिसले मंगलबार सत्तारुढ श्रीलंका पोदुजाना पेरामुना (एसएलपीपी) पार्टीका अधिकांश सदस्यहरूले राष्ट्रपतिका लागि अलग्गै गुटका नेता अल्हपेरुमा र प्रमुख विपक्षी नेता सजित प्रेमदासालाई प्रधानमन्त्रीको रूपमा चयन गर्ने पक्षमा रहेको बताएका थिए। तर रनिल विक्रमासिंघे सधैँ दौडमा अग्रसर थिए। उनले १३४ मत पाए ।

मे महिनामा पूर्वप्रधानमन्त्री महिन्दा राजापाक्षेले राजीनामा दिएपछि विक्रमासिंघे देशको प्रधानमन्त्रीमा निर्वाचित भएका थिए। यसपछि गोटाबाया राजपाक्षेले आफ्नो पदबाट राजीनामा दिएपछि विक्रमासिंघे कार्यवाहक राष्ट्रपतिमा निर्वाचित भएका थिए । श्रीलंकाको संविधानअनुसार अब नयाँ राष्ट्रपतिले पूर्वराष्ट्रपतिको कार्यकाल पूरा गर्नेछन् ।

राष्ट्रपति निर्वाचनका लागि २२३ सदस्यीय संसद्मा दुई सांसद अनुपस्थित रहे र कुल २१९ मत वैध घोषित भए । जसमा ४ मत बदर भएको थियो । विक्रमासिंघे यसअघि दुईपटक राष्ट्रपति चुनाव हारे र अहिले देशको राष्ट्रपति बनेका छन् ।

यसअघि सन् १९९३ मे १ मा राष्ट्रपति आर प्रेमदासाको हत्या भएपछि श्रीलंकामा राष्ट्रपतिको पद खाली भएको थियो। यसअघि नयाँ राष्ट्रपति चयन गर्न संसदले जुलाई २० मा गोप्य मतदान गर्ने खबर आएको थियो।

स्रोतका अनुसार विक्रमासिंघेले वर्तमान राष्ट्रपतिको बाँकी कार्यकाल पूरा गर्न यो पदका लागि प्रतिस्पर्धा गर्नेछन् । ९ जुलाईमा विक्रमासिंघे आफैँले ट्विट गरेर सर्वदलीय सरकारको बाटो खोल्न प्रधानमन्त्री पदबाट राजीनामा दिने बताएका थिए ।

को हुन् विक्रमासिंघे ?

श्रीलंकाको एक प्रभावशाली सिंहली परिवारमा जन्मिएका विक्रमासिंघे पेशाले वकिल हुन्। २८ वर्षको उमेरमा उनलाई उप–परराष्ट्रमन्त्रीको जिम्मेवारी दिइएको थियो।

उनको काम गर्ने क्षमताले छोटो समयमा धेरै नेताहरूलाई प्रभावित पारेको थियो। ५ अक्टोबर १९७७ मा विक्रमासिंघे पूर्ण मन्त्रिपरिषद्को पद पाए र युवा मामिला मन्त्री बने। उनले सन् १९८० को दशकसम्म यो पद सम्हालेका थिए ।

विक्रमासिंघे राजनीतिमा अगाडि बढिरहेका थिए । सन् १९९३ मा तत्कालीन राष्ट्रपति रणसिंघे प्रेमदासालाई लिट्टे आतंकवादीले आत्मघाती हमलामा मारेका थिए ।

उनको मृत्युपछि प्रधानमन्त्री डिबी विजितुङ्गालाई कार्यवाहक राष्ट्रपति बनाइएको थियो । ७ मे १९९३ मा विक्रमासिङ्घेलाई पहिलो पटक देशको प्रधानमन्त्री नियुक्त गरियो।
एजेन्सी