११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पाल्पा पहिरोमा दुईको मृत्यु, तीन जना बेपत्ता News Polar बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु News Polar मध्यरातमा चोलेन्द्रमाथि देखिएको सुरक्षा ‘थ्रेट’ News Polar सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा पहिरो, सडक आंशिक रूपमा सञ्चालनमा News Polar बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु News Polar कालीगण्डकीले पोखरेबगरको पुल बगायो News Polar ३९८ किलो गाँजासहित विराटनगरमा स्कार्पियो नियन्त्रणमा News Polar मध्यपहाडी लोकमार्ग अवरूद्ध News Polar नारायणी नदीमा खतरा तह पार, चितवन र नवलपरासीका तल्लो क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह News Polar कालीगण्डकी नदी बस्तीमा पस्दा पर्वतमा २५ घर बगे News Polar बाढी–पहिरो र वर्षाका कारण विभिन्न स्थानमा इन्टरनेट सेवा अवरुद्ध News Polar १३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन, २९ जिल्लामा भोलि News Polar तिनाउ बाढीमा ६ घर बगे News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन News Polar बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar बाढीले मिर्मीको पुल बगायो News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक अवरुद्ध News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष)

पर्यटन पुनःउत्थान कार्यक्रम चाँडै घोषणा हुन्छः पर्यटनमन्त्री

पर्यटन पुनःउत्थान कार्यक्रम चाँडै घोषणा हुन्छः पर्यटनमन्त्री
अ अ+ अ-

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पर्यटन उद्योगलाई सुधार गर्न चाँडै पर्यटन पुनःउत्थान कार्यक्रम घाषणा गर्ने बताउनुभएको छ ।

बुधवार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको सिमफोजिम पार्टनरसिप रेजिलेन्ट टुरिजम कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले यस्तो बताउनुभएको हो । मन्त्री श्रेष्ठले पर्यटन क्षेत्रसँग सम्बन्धित सरोकारवाला निकायहरुसँग पर्यटन पुनःउत्थानको लागि गर्नुपर्ने सुझाव लिइसकेकाले सुझावको आधारमा पर्यटन पुनरुत्थान कार्यक्रम घोषणा गर्ने तयारी मन्त्रालयले गरेको बताउनु भयो ।

उहाँले पर्यटन पुनरुत्थान कार्यक्रम घोषणाले कोरोना महामारीबाट थला परेको पर्यटन उद्योगको सुधार र प्रर्यटन प्रवद्र्धन हुने दाबी गर्नुभयो । मन्त्री श्रेष्ठले पर्यटन पुनरुत्थान कार्यक्रमलाई राष्ट्रिय अभियानको रुपमा नै अगाडि बढाउने मान्यतामा आफू रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘अर्थतन्त्रमा आइपरको कठिनाई तथा भविष्यमा आउने कठिनाइमा समेत पर्यटन उद्योगलाई कम प्रभाव पार्ने गरी पर्यटन क्षेत्रको दिगो विकास कसरी गर्ने र पर्यटन क्षेत्रलाई ग्रिण पर्यटनमा परिर्वतन गरी ग्रिण फाइनान्सिङको माध्यमबाट वातावरणको संरक्षण गर्दै पर्यटनको माध्यमबाट बढीभन्दा बढी आयआर्जन गरी अधिक रोजगारीको सिर्जना कसरी गर्न सकिन्छ भन्ने विषयमा पर्यटन मन्त्रालय गम्भिर रहेको छ । कोभिड महाकारीको कारण पर्यटन क्षेत्रमा आएको सिथिलता एवम् कठिनाइका बाबजुत पनि पर्यटन उद्योगलाई आन्तरिक पर्यटनले निकै टेवा पुर्याएको छ ।

आन्तरिक पर्यटकलाई समेत समग्र पर्यटकको रेजिलेन्ट आधार स्तम्भको रुपमा विकास गरी यसको जगमा पर्यटन क्षेत्रको विकास गर्ने अवधारणा बनाउन आवश्यक छ । भारत,चीन,बङ्गलादेश लगायतका छिमेकी देशहरुबाट आउने पर्यटकको प्रवद्र्धन गरी पर्यटन क्षेत्रलाई सुदृढ बनाउन आवश्यक छ । भारत र बङलादेश आर्थिक सम्पन्नतामा अगाडि बढेका सार्क देशहरुबाट गुणस्तरीय पर्यटन आगमन एवम् क्रस बोर्डर पर्यटनको लागि समेत अधिक प्रयास हुन जरुरी छ ।

कोरोनाबाट थला परेको पर्यटन पुनरुत्थानको लागि पर्यटन क्षेत्रसँग सम्बन्धित सरोकारवालासँग गरेको छलफलपछि तयार गरेको पर्यटन पुनरुत्थान कार्यक्रम घोषणा गर्ने तयारीमा छौं । जसले पर्यटन क्षेत्रको सुधार र पुनरुत्थापनमा उल्लेखिय भुमिका खेल्ने छ । यसलाई एउटा राष्ट्रिय अभियानको रुपमा नै पर्यटन पुनरुत्थापन कार्यक्रम अगाडि बढाउनुपर्छ भन्ने मान्यतालाई राखेको छु ।’

पर्यटनमन्त्री श्रेष्ठले अर्थतन्त्रमा आइपरको कठिनाई तथा भविष्यमा आउने कठिनाइलाई समेत अनुमान गरेर प्रर्यटन उद्योगलाई कम प्रभाव पार्ने गरी पर्यटन क्षेत्रको दिगो विकास गरी पर्यटकबाट बढीभन्दा बढी आयआर्जन गर्ने र रोजगारी सिर्जना कसरी गर्ने विषयमा मन्त्रालय गम्भिर रहेको बताउनु भयो । उहाँले कोभिड महाकारीको कारण पर्यटन क्षेत्रमा आएको सिथिलता एवम् कठिनाइका बाबजुत पनि पर्यटन उद्योगलाई आन्तरिक पर्यटनले निकै टेवा पु¥याएको बताउनु भयो ।

मन्त्री श्रेष्ठले अब आन्तरिक पर्यटकलाई समेत समग्र पर्यटकको दिगो विकासको आधार स्तम्भको रुपमा विकास गरी पर्यटन क्षेत्रको विकास गर्ने अवधारणा बनाउन आवश्यक रहेको बताउनु भयो । नेपालले भारत,चीन,बङ्गलादेश लगायतका छिमेकी देशहरुबाट आउने पर्यटकको प्रवद्र्धन गरी पर्यटन क्षेत्रलाई सुदृढ बनाउन आवश्यक देखिएको भन्दै मन्त्री श्रेष्ठले सार्क देशहरुबाट गुणस्तरीय पर्यटन आगमन एवम क्रस बोर्डर पर्यटनको लागि समेत अधिक प्रयास गर्नु आवश्यक रहेको बताउनु भयो ।