२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

विचार मिल्नेहरुबीच पुनः पार्टी एकीकरण गर्नेबारे सकारात्मक छलफल भयो – प्रचण्ड



अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले तत्कालिन नेकपाका सचिवालयमा रहेका नेताहरुका बिचमा पार्टी एकताको विषयमा छलफल भएको बताउनुभएको छ ।

मंगलवार सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा तत्कालिन नेकपाका सचिवालय सदस्यहरु पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको हो । भेटवार्ताको क्रममा विचार मिल्नेहरुका बीचमा एकताको बारेमा छलफल गरिएको माओवादी केन्द्रका अध्यक्ष दाहालले बताउनु भयो । उहाँले पार्टी एकताको बारेमा चर्चा गरिएको उल्लेख गर्दै सो एकता सत्तारुढ गठबन्धनको बिरुद्धमा भने नभएको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो – ‘हामी अहिले बसेको तपाईहरुलाई थाहा भइहाल्यो, हामी नेकपाकालका सचिवालयका बहुमत सदस्यहरु छौँ । हामी अस्तिपनि एकपटक बैठक बस्यौँ । आज दोस्रो बैठक बस्यौँ । आजको बैठकमा हामीले मुख्यतः अहिले सबै पार्टीहरुले आ–आफ्नो निर्णय गरेका छन् । नेपाली काँग्रेसको पनि केन्द्रिय समिति बैठक हिजो सकियो । उहाँहरुको निर्णय गठबन्धन गरेर जाने, तालमेल गरेर जाने भन्ने भएको छ । त्यो बारेमा पनि हामीले चर्चा ग¥यौँ ।

एमालेका निर्णयहरु पनि आइराखेका छन् त्यस बारेमा पनि चर्चा ग¥यौँ । यो गठबन्धनलाई चाहीँ कायम राखेरै जानुपर्छ भन्नेमा हामी कसैको पनि विमति छैन । तर कसरी प्रभावकारी बनाउने, स्थानीय तहको निर्वाचनको अनुभवलाई पनि ध्यान दिएर अझ प्रभावकारी कसरी बनाउने भन्ने बारेमा हाम्रो चर्चा भइराखेको छ एकातिर । अर्कोतिर हिजो हामी नेकपा त एउटै पार्टीवाला भयौँ । त्यसो भएको हुनाले विचार मिल्नेहरुको बिचमा एकताको सम्भावना बारे पनि हामी छलफल गरिराखेका छौँ । त्यो भनेको यो गठबन्धनको बिरुद्ध भनेको होइन है । पार्टी एकिकरणको बारेमा चर्चा गरेको छौँ ।’

अध्यक्ष दाहालले गठबन्धनलाई कायम राखेर जानमा कसैको पनि आपत्ति नभएको बताउनु भयो । उहाँले गठबन्धनलाई प्रभावकारी बनाउने विषयमा पनि चर्चा भएको उल्लेख गर्नुभयो ।