११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पाल्पा पहिरोमा दुईको मृत्यु, तीन जना बेपत्ता News Polar बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु News Polar मध्यरातमा चोलेन्द्रमाथि देखिएको सुरक्षा ‘थ्रेट’ News Polar सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा पहिरो, सडक आंशिक रूपमा सञ्चालनमा News Polar बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु News Polar कालीगण्डकीले पोखरेबगरको पुल बगायो News Polar ३९८ किलो गाँजासहित विराटनगरमा स्कार्पियो नियन्त्रणमा News Polar मध्यपहाडी लोकमार्ग अवरूद्ध News Polar नारायणी नदीमा खतरा तह पार, चितवन र नवलपरासीका तल्लो क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह News Polar कालीगण्डकी नदी बस्तीमा पस्दा पर्वतमा २५ घर बगे News Polar बाढी–पहिरो र वर्षाका कारण विभिन्न स्थानमा इन्टरनेट सेवा अवरुद्ध News Polar १३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन, २९ जिल्लामा भोलि News Polar तिनाउ बाढीमा ६ घर बगे News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन News Polar बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar बाढीले मिर्मीको पुल बगायो News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक अवरुद्ध News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष)

विचार मिल्नेहरुबीच पुनः पार्टी एकीकरण गर्नेबारे सकारात्मक छलफल भयो – प्रचण्ड

विचार मिल्नेहरुबीच पुनः पार्टी एकीकरण गर्नेबारे सकारात्मक छलफल भयो – प्रचण्ड
अ अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले तत्कालिन नेकपाका सचिवालयमा रहेका नेताहरुका बिचमा पार्टी एकताको विषयमा छलफल भएको बताउनुभएको छ ।

मंगलवार सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा तत्कालिन नेकपाका सचिवालय सदस्यहरु पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको हो । भेटवार्ताको क्रममा विचार मिल्नेहरुका बीचमा एकताको बारेमा छलफल गरिएको माओवादी केन्द्रका अध्यक्ष दाहालले बताउनु भयो । उहाँले पार्टी एकताको बारेमा चर्चा गरिएको उल्लेख गर्दै सो एकता सत्तारुढ गठबन्धनको बिरुद्धमा भने नभएको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो – ‘हामी अहिले बसेको तपाईहरुलाई थाहा भइहाल्यो, हामी नेकपाकालका सचिवालयका बहुमत सदस्यहरु छौँ । हामी अस्तिपनि एकपटक बैठक बस्यौँ । आज दोस्रो बैठक बस्यौँ । आजको बैठकमा हामीले मुख्यतः अहिले सबै पार्टीहरुले आ–आफ्नो निर्णय गरेका छन् । नेपाली काँग्रेसको पनि केन्द्रिय समिति बैठक हिजो सकियो । उहाँहरुको निर्णय गठबन्धन गरेर जाने, तालमेल गरेर जाने भन्ने भएको छ । त्यो बारेमा पनि हामीले चर्चा ग¥यौँ ।

एमालेका निर्णयहरु पनि आइराखेका छन् त्यस बारेमा पनि चर्चा ग¥यौँ । यो गठबन्धनलाई चाहीँ कायम राखेरै जानुपर्छ भन्नेमा हामी कसैको पनि विमति छैन । तर कसरी प्रभावकारी बनाउने, स्थानीय तहको निर्वाचनको अनुभवलाई पनि ध्यान दिएर अझ प्रभावकारी कसरी बनाउने भन्ने बारेमा हाम्रो चर्चा भइराखेको छ एकातिर । अर्कोतिर हिजो हामी नेकपा त एउटै पार्टीवाला भयौँ । त्यसो भएको हुनाले विचार मिल्नेहरुको बिचमा एकताको सम्भावना बारे पनि हामी छलफल गरिराखेका छौँ । त्यो भनेको यो गठबन्धनको बिरुद्ध भनेको होइन है । पार्टी एकिकरणको बारेमा चर्चा गरेको छौँ ।’

अध्यक्ष दाहालले गठबन्धनलाई कायम राखेर जानमा कसैको पनि आपत्ति नभएको बताउनु भयो । उहाँले गठबन्धनलाई प्रभावकारी बनाउने विषयमा पनि चर्चा भएको उल्लेख गर्नुभयो ।