२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रिपरिषद् विस्तार गर्दा सरकार ढल्ने र दल फुट्ने संभावना छः सुवास नेम्वाङ



अ+ अ-

काठमाडौं । मन्त्रिपरिषद् विस्तार गर्दा सरकार ढल्ने र दल फुट्ने संभावना देखिएको नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले बताएका छन् ।

सरकार बनेको ५० दिनसम्म मन्त्रिपरिषद् विस्तार नहुनुमा सरकार ढल्ने डर मुख्य कारण भएको नेम्वाङले बताए ।

राष्ट्रिय युवा संघ नेपालले सोमबार गरेको कार्यक्रममा बोल्दै नेम्वाङले दोस्रो पटक संसद् विघटन गर्नु केपी ओलीको बाध्यता भएपनि सर्वोच्च अदालतले अचम्मको फैसला गरेको टिप्पणी पनि गरेका थिए ।