११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पाल्पा पहिरोमा दुईको मृत्यु, तीन जना बेपत्ता News Polar बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु News Polar मध्यरातमा चोलेन्द्रमाथि देखिएको सुरक्षा ‘थ्रेट’ News Polar सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा पहिरो, सडक आंशिक रूपमा सञ्चालनमा News Polar बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु News Polar कालीगण्डकीले पोखरेबगरको पुल बगायो News Polar ३९८ किलो गाँजासहित विराटनगरमा स्कार्पियो नियन्त्रणमा News Polar मध्यपहाडी लोकमार्ग अवरूद्ध News Polar नारायणी नदीमा खतरा तह पार, चितवन र नवलपरासीका तल्लो क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह News Polar कालीगण्डकी नदी बस्तीमा पस्दा पर्वतमा २५ घर बगे News Polar बाढी–पहिरो र वर्षाका कारण विभिन्न स्थानमा इन्टरनेट सेवा अवरुद्ध News Polar १३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन, २९ जिल्लामा भोलि News Polar तिनाउ बाढीमा ६ घर बगे News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन News Polar बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar बाढीले मिर्मीको पुल बगायो News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक अवरुद्ध News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष)

‘प्रचण्डको भारत भ्रमणलाई आरजु राणा देउवासँग भएको भेटसँग जोडेर झुटो प्रचार गरियो’

‘प्रचण्डको भारत भ्रमणलाई आरजु राणा देउवासँग भएको भेटसँग जोडेर झुटो प्रचार गरियो’
अ अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद सुरेशकुमार आलेमगरले पार्टी अध्यक्ष पुष्पकमल दाहालको भारत भ्रमणमा प्रधानमन्त्री शेरबहादुर देउवापत्नी आरजु राणा देउवासँग भएको भेटसँग जोडेर झूट प्रचार गरिएको भन्दै आपत्ति जनाउनु भएको छ ।

दाहाल–राणाबीचको भेटवार्ता संघ र प्रदेशको निर्वाचनमा गठबन्धन गरेर जानेदेखि लिपुलेक, कालापानी र लिम्पियाधुरासहित समेटेर बनाइएको नक्सा खारेज गर्नेसम्मको सहमति भएको केही समाचार माध्याममा समाचार प्रकाशित भएको थियो । सांसद आलेमगरले भने त्यो कुरा झूट र वाईयात भएको उल्लेख गर्दै साईबर स्यालहरुलाई त्यस्तो परिकल्पना नगर्न चेतावनी समेत दिनु भयो ।

सोमबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै उहाँले भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौंथाईवालेको उपस्थितिमा भएको पार्टी अध्यक्ष दाहाल र राणाबीचको भेटमा यस्तो सहमति हुनै नसक्ने जिकीर समेत गर्नु भयो । सांसद आलेमगरले भन्नु भयो, ‘अर्को भर्खरै हाम्रो आदरणीय अध्यक्ष कमरेड प्रचण्डको इन्डिया भ्रमणको बारेमा जुन एउटा न्युज आयो । त्यो फेक न्यूज हो । एउटा पार्टीको विदेश विभाग प्रमुखको उपस्थितिमा कमरेड प्रचण्ड–आर्जु राणाजीको बैठकले त्यस्तो निर्णय गर्न सक्छ ? वाईयत कुरा । झुट कुरा ।

यो मैले सुनेको थिए–साईबर स्यालकै कल्पना हो । विल्कुल त्यस्तो कल्पना हो, सम्माननीय अध्यक्ष महोदय । अर्को एम अधिकारको प्रसंग पनि हटकेक बनेको छ । हामीले मान्यौ–एम अधिकारी भन्ने अहिले राष्ट्र बैंकको गभर्नर हुनुहुन्न रहेछ, त्यो मानियो । त्यो को हो त ? एम अधिकारी भन्ने मान्छे को हो त ? हुनत एमालेका साथीहरुले भन्नु भयो, एम अधिकारी को हो भनेर जान्न एमालेमा आउनु प¥यो । तर यो कुरा उठ्यो नि त यहाँनिर । कुरा उठेपछि जनताले जान्नु परेन ? हो, त्यसैले यो कुरा मैले यहाँ राख्न चाहेँ ।’

सांसद आलेमगरले एमाले अर्थ तथा योजना विभागका सदस्य एम अधिकारी नेपाल राष्ट्रका गभर्नर महाप्रसाद अधिकार नभए को हुन भनि प्रश्न समेत गर्नु भयो । उहाँले सिंगापुर प्रहरीमा गोर्खालीहरुलाई तलवभत्तामा समेत ठूलो विभेद हुने गरेको उल्लेख गर्दै त्यो समस्या तत्काल समाधान गर्न पनि सरकारको ध्यानाकर्षण गराउनु भयो ।