११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पाल्पा पहिरोमा दुईको मृत्यु, तीन जना बेपत्ता News Polar बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु News Polar मध्यरातमा चोलेन्द्रमाथि देखिएको सुरक्षा ‘थ्रेट’ News Polar सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा पहिरो, सडक आंशिक रूपमा सञ्चालनमा News Polar बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु News Polar कालीगण्डकीले पोखरेबगरको पुल बगायो News Polar ३९८ किलो गाँजासहित विराटनगरमा स्कार्पियो नियन्त्रणमा News Polar मध्यपहाडी लोकमार्ग अवरूद्ध News Polar नारायणी नदीमा खतरा तह पार, चितवन र नवलपरासीका तल्लो क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह News Polar कालीगण्डकी नदी बस्तीमा पस्दा पर्वतमा २५ घर बगे News Polar बाढी–पहिरो र वर्षाका कारण विभिन्न स्थानमा इन्टरनेट सेवा अवरुद्ध News Polar १३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन, २९ जिल्लामा भोलि News Polar तिनाउ बाढीमा ६ घर बगे News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन News Polar बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar बाढीले मिर्मीको पुल बगायो News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक अवरुद्ध News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष)

शक्ति राष्ट्रहरुले नेपाललाई खेल मैदान बनाउँदैछन्ः जितेन्द्रनारायण देव

शक्ति राष्ट्रहरुले नेपाललाई खेल मैदान बनाउँदैछन्ः जितेन्द्रनारायण देव
अ अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसका सांसद जितेन्द्रनारायण देवले शक्ति राष्ट्रहरुले नेपाललाई खेल मैदान बनाउन लागेको बताउनुभएको छ ।

सोमवार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद देवले एमसीसी र एसपीपी सम्झौताको सम्बन्धमा अमेरिका र चीनले आफू अनुकुल बोलेको भन्दै शक्ति राष्ट्रहरुले नेपाललाई खेल मैदान बनाउन लागेको बताउनुभएको हो । उहाँले नेपाल सार्वभौमसत्ता सम्पन्न मुलुक भएकाले के लिने र के नलिने भन्ने निर्णय गर्ने अधिकार नेपाल सरकार र नेपाली जनताको भएको स्पष्ट पार्नुभयो ।

उहाँले नेपाल कुनैपनि शक्ति राष्ट्रहरुको खेल मैदान बनाउनु नहुनेमा राजनीतिक दलका शीर्ष नेताहरुको ध्यानाकर्षण गराउनु भयो । सांसद देवले नेपालको कुनैपनि विषयमा अन्य राष्ट्र बोलेमा आन्तरिक मामिलामा हस्तक्षेप हुन्छ भनेर सरकारले र राजनीतिक दलहरुले भन्न सक्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘नेपालमा कुन विषयमा कसरी जाने यो नेपाली जनताको सार्वभौम अधिकारको कुरा हो । नेपाल सरकारको कुरा हो । नेपाली जनताको कुरा हो । हामी सार्वभौम नेपाली । सार्वभौम देश । सार्वभौमसत्ता सम्पन्न नेपाल मुलुक हो । हाम्रो विषयमा एमसीसी लिनुहुन्छ कि लिनु हुँदैन ? एसपीपीमा जानु हुन्छ कि हुँदैन ? यो अथवा त्यो रुपमा नेपाललाई प्लेइङ ग्राउण्ड बनाउनेतिर दुनियाँका शक्तिहरु त्यतातिर अग्रसर भएको छ ।

हामी नेपाली जनता, नेपालका राजनीतिक शक्तिहरुलाई ध्यानाकर्षण गराउन चाहन्छौँ । मुख्य नेताहरुलाई म ध्यानाकर्षण गर्न चाहन्छु । नेपाल यी शक्ति राष्ट्रहरुको प्लेइङ ग्राउण्ड नबनोस् । र खुला रुपमा, स्पष्ट रुपमा नेपाल सरकार र नेपाली जनताले, नेपालका राजनीतिक पार्टीहरुले भनोस् कि नेपालको कुनैपनि विषयमा निर्णय लिने सार्वभौम अधिकार नेपाली जनताको हो तिमीहरु बोल्न पाउँदैनौँ । तिमीहरु बोल्यौ कि हाम्रो आन्तरिक मामिलामा हस्तक्षेप हुन्छ यो । यो कुरा भन्न सक्नुपर्छ नेपाल सरकार र नेपालका राजनीतिक पार्टीहरुले ।’

उहाँले चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान्चाओको नेपाल भ्रमण र नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको भारत भ्रमणले दुई देशका पार्टी–पार्टी बीचको सम्बन्ध राम्रो बनाएको उल्लेख गर्नुभयो । उहाँले देशको भू–राजनीतिक अवस्था अनुसार छिमेकी देशहरुसँग सरकार–सरकार र जनता–जनताको स्तरमा मात्र नभइ पार्टी–पार्टीको स्तरमा पनि सम्बन्ध हुनु आवश्यक रहेको बताउनु भयो ।