२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

शक्ति राष्ट्रहरुले नेपाललाई खेल मैदान बनाउँदैछन्ः जितेन्द्रनारायण देव



अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसका सांसद जितेन्द्रनारायण देवले शक्ति राष्ट्रहरुले नेपाललाई खेल मैदान बनाउन लागेको बताउनुभएको छ ।

सोमवार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद देवले एमसीसी र एसपीपी सम्झौताको सम्बन्धमा अमेरिका र चीनले आफू अनुकुल बोलेको भन्दै शक्ति राष्ट्रहरुले नेपाललाई खेल मैदान बनाउन लागेको बताउनुभएको हो । उहाँले नेपाल सार्वभौमसत्ता सम्पन्न मुलुक भएकाले के लिने र के नलिने भन्ने निर्णय गर्ने अधिकार नेपाल सरकार र नेपाली जनताको भएको स्पष्ट पार्नुभयो ।

उहाँले नेपाल कुनैपनि शक्ति राष्ट्रहरुको खेल मैदान बनाउनु नहुनेमा राजनीतिक दलका शीर्ष नेताहरुको ध्यानाकर्षण गराउनु भयो । सांसद देवले नेपालको कुनैपनि विषयमा अन्य राष्ट्र बोलेमा आन्तरिक मामिलामा हस्तक्षेप हुन्छ भनेर सरकारले र राजनीतिक दलहरुले भन्न सक्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘नेपालमा कुन विषयमा कसरी जाने यो नेपाली जनताको सार्वभौम अधिकारको कुरा हो । नेपाल सरकारको कुरा हो । नेपाली जनताको कुरा हो । हामी सार्वभौम नेपाली । सार्वभौम देश । सार्वभौमसत्ता सम्पन्न नेपाल मुलुक हो । हाम्रो विषयमा एमसीसी लिनुहुन्छ कि लिनु हुँदैन ? एसपीपीमा जानु हुन्छ कि हुँदैन ? यो अथवा त्यो रुपमा नेपाललाई प्लेइङ ग्राउण्ड बनाउनेतिर दुनियाँका शक्तिहरु त्यतातिर अग्रसर भएको छ ।

हामी नेपाली जनता, नेपालका राजनीतिक शक्तिहरुलाई ध्यानाकर्षण गराउन चाहन्छौँ । मुख्य नेताहरुलाई म ध्यानाकर्षण गर्न चाहन्छु । नेपाल यी शक्ति राष्ट्रहरुको प्लेइङ ग्राउण्ड नबनोस् । र खुला रुपमा, स्पष्ट रुपमा नेपाल सरकार र नेपाली जनताले, नेपालका राजनीतिक पार्टीहरुले भनोस् कि नेपालको कुनैपनि विषयमा निर्णय लिने सार्वभौम अधिकार नेपाली जनताको हो तिमीहरु बोल्न पाउँदैनौँ । तिमीहरु बोल्यौ कि हाम्रो आन्तरिक मामिलामा हस्तक्षेप हुन्छ यो । यो कुरा भन्न सक्नुपर्छ नेपाल सरकार र नेपालका राजनीतिक पार्टीहरुले ।’

उहाँले चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान्चाओको नेपाल भ्रमण र नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको भारत भ्रमणले दुई देशका पार्टी–पार्टी बीचको सम्बन्ध राम्रो बनाएको उल्लेख गर्नुभयो । उहाँले देशको भू–राजनीतिक अवस्था अनुसार छिमेकी देशहरुसँग सरकार–सरकार र जनता–जनताको स्तरमा मात्र नभइ पार्टी–पार्टीको स्तरमा पनि सम्बन्ध हुनु आवश्यक रहेको बताउनु भयो ।