४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट

आजको आवश्यकता बाम तालमेल र एकता नै हो

आजको आवश्यकता बाम तालमेल र एकता नै हो
file
अ+ अ-

हिजो नेपाल–चीन हिमालयमैत्री समाजले भन्ने सँस्थाले ‘नेपालको भुराजनीतिक अवस्था, यसको चुनौती र अबको बाटो’ बिषयमा काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा म पनि सहभागी भएको थिए।

त्यहाँ मैले नेपालका बामपन्थी शक्तिहरुले एक अर्कालाई कमजोर पार्ने र सिध्याउने नीति –प्रयत्नलाई नै निरन्तरता दिने हो भने बामपन्थी आन्दोलन नै धराशायी हुने खतरा रहेको र त्यसले अन्ततः नेपालको राष्ट्रिय सार्वभौमिकता स्वाधीनता एवं हित कमजोर हुँदै संकटग्रस्थ बन्ने खतरा बढाउने भएकाले बामपन्थी शक्तिहरु बीचको तालमेल , मोर्चा र एकताको आवश्यकता रहेको औंल्याएको थिए।

त्यस क्रममा मैले सबै सम्बन्धित पार्टी र नेताहरुलाई देश,जनता र बाम आन्दोलनलाई केन्द्रबिन्दुमा राख्दै बिनम्रतापूर्बक आत्मालोचना गरी त्यस दिशामा अघि बढ्ने अग्रसरता तथा पहलकदमीको निम्ति अनुरोध गरेको थिए।

त्यही कार्यक्रममा पछि बोल्दै नेकपा (एमाले) का अध्यक्ष  के पी ओलीले को छ अरु बामपन्थी पार्टी भन्दै आफ्नो पार्टी मात्र बामपन्थी भएको खालको बिचार प्रकट गर्नुभयो ।

ओलीले प्रम हुँदा संविधानको प्रावधान बिरुध्द प्रतिनिधि सभा बिघटन गरेको कारणबाट उहाँ नेतृत्वको एमालेको लोकतान्त्रिक विश्वसनियता (क्रेडिबिलिटी) माथि समेत प्रश्न उठ्ने गरेको बिषयमा आत्मालोचक हुनुको सट्टा त्यस प्रकारको अभिब्यक्ति दिनु निश्चय पनि सकारात्मक संकेत होइन । यसले अह त तुष्टी गर्ला , तर देश , जनता र बामपन्थी आन्दोलनलाई कुनै योगदान पु(याउने छैन ।

त्यसक्रमा मैले आम नेता ,कार्यकर्ता र बुध्दिजीवी हरुलाई ‘आफ्नो पक्ष’ को अन्धतापूर्वक समर्थन र वकालत्त गर्ने वकील जस्तो मात्र नबनी आलोचनात्मक चेतयुक्त बनौं र ठीकलाई ठीक बेठीक लाई बेठीक भन्ने साहास तथा सस्कृति प्रदर्शन गरौं भन्ने अपिल पनि गरेको थिएं । मैले आत्मालोचक भई बाम तालमेल र एकता गरौं भन्ने प्रस्ताव राख्दा र वकील जस्तो मात्र नहुन उपरोक्त अपील गर्दा समेत हलमा उपस्थित श्रोता सहभागी हरुले कर्तलध्वनीका साथ साथ ताली बजाएर समर्थन गर्नु भएको थियो ।

तीनै श्रोता सहभागी हरुले  ओलीले अहँकारको प्रदर्शन गर्दै बामएकतामा ठेस पुग्ने गरी बोल्दा पुन: अझ जोडले ताली बजाउनु भयो । यसले बाम तालमेल र एकतालाई सहयोग पु-याँउछ त ? पु-याउँदैन । हामी कहिले सच्चिने होला ?गंभीरतापूर्वक सोचौं ।

फेरि पनि म भन्छु , ‘राजनीति ‘ लाई ब्यक्ति वा समुह स्वार्थ केन्द्रीत धन्दा नबनाउने हो भने देश र आन्दोलनको आवश्यकता आज बाम तालमेल र एकता नै हो ।त्यसका निम्ति सम्बन्धित सबैले गंभीर अत्मा -आलोचक भाव सहित इमान्दार अग्रसरता देखाउनु पर्छ।

बेलैमा बुध्दि पु-याऔं,नत्र धेरै ढिलो भैसकेको हुन सक्नेछ । त्यसबेला पछुतो मात्र बांकी होला कि ! समयमै सोचौं ।

नेकपा माओवादीकेन्द्रका नेता नारायणकाजी श्रेष्ठको फेसबुकबाट