१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो News Polar साढे तीन महिनापछि सुकेटारमा हवाई उडान News Polar राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष News Polar शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट News Polar हिम्लुङ बेस क्याम्पमा हिमपहिरो : सम्पर्कविहीन १२ मध्ये ४ जनाको शव भेटियो News Polar बाढीले बगाएको गैँडा सुस्ता पुग्यो News Polar प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar मुस्ताङमा ३६ घण्टादेखि विद्युत् र इन्टरनेट सेवा अवरुद्ध News Polar मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज News Polar चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी News Polar शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्म News Polar सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय News Polar पुलमा अड्किएको क्रुजसिप निकाल्ने तयारी News Polar दाङमा सवारी आवागमन खुला : जनजीवन सामान्य News Polar प्राधिकरणद्वारा भुम्लुकी उप्रेतीलाई १० लाख क्षतिपूर्ति News Polar जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई

सुकुम्बासीका पीडाः हिउँदमा ढल, वर्षामा बाढी (फोटोफिचर)

सुकुम्बासीका पीडाः हिउँदमा ढल, वर्षामा बाढी (फोटोफिचर)
अ अ+ अ-

राजधानीको वागमती, विष्णुमती, मनहरा र गोदावरी नदी किनारको खालि जमिनमा हजारौं टहरा बनाएर घरबिहीनहरु बस्दै आएका छन् । नदी किनारमा रहेका यी बस्तीका व्यथा अनेक छन् । वर्षा याममा नदि पस्ने त्रासले रातभर अनिदो बस्छन् सुकुम्बासीहरु । अहिले वर्षायाम छ । नदीमा पानीको बहाव झनै उच्च हुन्छ । नदी छेउमा भएकै कारण कहिले बस्तीमा बाढी पस्छ पत्तो हुँदैन ।

वर्षायाम अरु समय भन्दा चिन्ताको विषय बन्छ सुकुम्वासीहरुलाई । हिउँदामा ढल गन्हाएर त्यस्तै हैरान बनाउँछ । सुकुम्बासीलाई व्यवस्थित गरेर राख्न नसक्दा उनीहरुले दुःख त पाएका छन् नै सरकारको पनि खिल्ली उड्ने गरेको छ । सरकारले ढल, फोहोर लगायत बस्ती व्यवस्थापन गर्न नसक्दा झनै समस्या परेको छ । बहाव क्षेत्रमा पर्खाल लगाउन पनि बस्ती व्यवस्थित नगरी सहज छैन ।

सुकुम्बासी बस्ती छेउका सडकहरु हिलाम्मे छन् । वरपर वन, बुट्यान र झाडी रहेकाले सर्प लगायतको त्रास पनि त्यत्तिकै छ । स–साना झुपडी र टहराबाट वर्षौंअघि शुरु भएको यहाँको बस्ती आजकल धेरै ठाँउमा पक्की घरमा परिणत भएको देख्न सकिन्छ । कतिपय ठाँउमा महँगो रकम लिएर सटर र कोठा भाडामा लगाउने प्रचलन पनि शुरु भइसकेको छ । सरकारले सुकुम्बासी र अव्यवस्थित बसोवासीहरुको व्यवस्थापनका लागि आयोग नै बनाएर काम शुरु गरेसँगै धेरै घरबिहीनहरु खुशी छन् । तर सरकारले सुकुम्वासीहरुलाई व्यवस्थित गर्न नसक्दा कहिले ठाउँ छोडेर हिँड्नुपर्छ भन्ने चिन्ता पनि त्यत्तिकै छ । कहीँकतै घर नहुने र लामो समयदेखि झुपडीमा वास बस्ने बेसहाराहरुका लागि पछिल्लो समय सुकुम्वासी बस्ती आशाको सञ्चार भएको छ ।

राजधानीको गैरीगाँउ नजिक रहेको बस्ती र अस्तव्यस्त सडक ।

ललितपुरको गोदवारीस्थित नगरमा रहेको बस्ती । यहाँ २ सय ५० भन्दा धेरै सुकुम्बासीको घर टहरा रहेको छ ।

काठमाडौंको जडिबुटी बसेको सुकुम्बासीको नयाँ बस्ती ।

भक्तपुरको मनहरामा रहेको बस्ती यहाँ झण्डै १ हजार १ सय घर टहरा रहेका छन् ।

सिनामंगलको वागमती किनारमा रहेको बस्ती ।

काठमाडौंको सिनामंगल वागमती बस्तीछेउ रहेको बस्ती ।

सिनामंगलको वागमती कोरिडोरमा रहेको बस्ती ।

काठमाडौंको टेकुस्थित वागमती किनारमा सुकुम्बासी बस्तीमा बनाइएको पक्की घर । यहाँ एउटा सटरको रु.१० हजारदेखि १५ हजारसम्म लिएर भाडा लगाइन्छ ।

काठमाडौंको थालाथली बस्ती ।