११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु News Polar कालीगण्डकीले पोखरेबगरको पुल बगायो News Polar ३९८ किलो गाँजासहित विराटनगरमा स्कार्पियो नियन्त्रणमा News Polar मध्यपहाडी लोकमार्ग अवरूद्ध News Polar नारायणी नदीमा खतरा तह पार, चितवन र नवलपरासीका तल्लो क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह News Polar कालीगण्डकी नदी बस्तीमा पस्दा पर्वतमा २५ घर बगे News Polar बाढी–पहिरो र वर्षाका कारण विभिन्न स्थानमा इन्टरनेट सेवा अवरुद्ध News Polar १३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन, २९ जिल्लामा भोलि News Polar तिनाउ बाढीमा ६ घर बगे News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन News Polar बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar बाढीले मिर्मीको पुल बगायो News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक अवरुद्ध News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

आर्थिक अपचलन र सत्ताको दुरुपयोग गर्दै सरकारको एक वर्ष बित्यो : एमाले

आर्थिक अपचलन र सत्ताको दुरुपयोग गर्दै सरकारको एक वर्ष बित्यो : एमाले
file
अ अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्ष नेकपा (एमाले)ले सरकारले चरम अनियमितता र सत्ताको दुरुपयोग गरिरहेको आरोप लगाएको छ । नेकपा (एमाले)को स्वास्थ्य तथा जनसंख्या विभागले शुक्रबार च्यासलस्थित पार्टीको केन्द्रिय कार्यालयमा पत्रकार सम्मेलन गरी ठूलो मात्रामा बजेट रकमान्तर गराएर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चरम अनियमितता र सत्ताको दूरुपयोग गरेको बताएको हो ।

आर्थिक वर्ष सकिनु ३ दिन बाँकि रहँदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ठूलो मात्रामा बजेट रकमान्तर गराएर आर्थिक अपचलन र पदीय दूरपयोग गरेको पाइएको सो विभागका प्रमुख योगेशकुमार भट्टराईले बताउनु भयो । एमालेका सचिव समेत रहनु भएका उहाँले सरकारको एक वर्षे कार्यकाल पूर्णत असफल भएको पनि बताउनु भयो । चालू आर्थिक वर्षमा स्वास्थ्य मन्त्रालयमा मात्रै १ अर्व २२ करोड बेरुजु आएको उल्लेख गर्दै एमालेले सरकार आर्थिक अनुशासनमा पनि असफल भएको आरोप लगाएको छ ।

विभागका प्रमुख भट्टराईले भन्नु भयो, ‘आर्थिक वर्ष सकिनु ३ दिन बाँकि रहँदा पुरानो मितिमा निर्णय गराएर ठूलो मात्रामा बजेट रकमान्तर गर्नु स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको चरम अनियमितता र सत्ताको दूरुपयोग हो । वित्तिय अनुशासन र खर्च प्रणालीका हिसावले यो गम्भिर आर्थिक अपचलन र पदीय दूरुपयोग पनि हो । यस सवालमा अख्तियार तथा महालेखा परीक्षकको कार्यालयको गम्भिर ध्यानाकर्षण हुनुपर्दछ । आर्थिक वर्ष २०७८/०७९ मा स्वास्थ्य मन्त्रालयको बेरुजु १ अर्व २२ करोड पुगेको छ । यसले आर्थिक अनुशासन र सुशासनको असफलतालाई स्पष्ट गर्दछ ।’

एमालेले संसदीय समितिहरुमा समेत छलफल नगराई स्वास्थ्य तथा जनसंख्यासम्बन्धि विधेयक धमाधम पारित गरिरहेको भन्दै सरकारप्रति आक्रोश समेत व्यक्त गरेको छ । स्वास्थ्य क्षेत्रको अनुसन्धान समेत कमजोर हुने गरी सरकारले स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरुको सुरक्षासम्बन्धि ऐन २०६६ को संशोधन र औषधि ऐन २०३५ को संशोधन गरेको उल्लेख गर्दै विभागका प्रमुख भट्टराईले यसमा आपत्ति जनाउनु भयो । उहाँले भन्नु भयो, ‘सरकारले स्वास्थ्य सम्बन्धि विधेयकहरु सरोकारवालाहरुसँगको छलफलको त कुरै छोडौं । सम्बन्धित संसदीय समितिमा समेत छलफल नगरी धमाधम पारित गरिरहेको छ । हालै संसदमा प्रस्तुत स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरुको सुरक्षा सम्बन्धि ऐन २०६६ को संशोधन र औषधि ऐन २०३५ को संशोधन यसका उदाहरणहरु हुन । हतारमा ल्याइएको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धि ऐन संशोधन विधेयकले कतिपय विषयलाई सम्बोधन गरेको भएपनि स्वास्थ्यकर्मीहरुले उठाएका मुख्य माग समेटन सकेन । औषधि ऐन, २०३५ को संशोधनले खोप, औषधि र औषधिजन्य पदार्थको अनुसन्धानका लागि ऐनद्धारा स्थापित नेपाल स्वास्थ्य अनुसन्धान परिषदको भूमिकालाई न्यून बनाएर नेपालमा स्वास्थ्य अनुसन्धानलाई हतोत्साही गरेको छ । केही व्यक्ति वा गलत संस्थाको नियमलाई बल पुग्ने गरी ऐन संशोधन भएको देखिन्छ ।’

सरकारले कोभिड महामारीमा खटिएका स्वास्थ्यकर्मीहरुलाई अझै जोखिम भत्ता उपलब्ध नगराएको पनि एमालेले असन्तुष्टि जनाएको छ । विभागका प्रमुख भट्टराईले सर्वोच्च अदालतको आदेश अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कर्मचारी मिलानको कामलाई अघि नबढाएको आरोप समेत लगाउनु भयो ।