४ असार २०८३, बिहीबार
,
Latest
आगामी सातादेखि मनसुन प्रतिकार्यमा जुट्नुपर्नेछः प्रमुख कोईराला रास्वपा महाधिवेशनका प्रतिनिधि टुंग्याउने तयारी तीव्र, नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु कानुन निर्माणको प्राथमिकताबारे श्रममन्त्री यादवसँग मन्त्री गौतमको छलफल सभामुख अर्यालसँग संयुक्त अरब इमिरेट्सका राजदूतको शिष्टाचार भेट विद्युत् परियोजनामा पारदर्शिता बढाउन सूचनापाटी राख्न ऊर्जा मन्त्रीको सुझाव निकुञ्ज घुम्न आउने आन्तरिक पर्यटक बढे अधिकार सम्पन्न यातायात प्राधिकरण गठन नभएसम्म सुधार सम्भव छैन ई–पासपोर्ट खरिद प्रकरण: अनुसन्धानको लागि पूर्व परराष्ट्रमन्त्री आरजुलाई पत्र संसदमा शिक्षामन्त्री सस्मित: के के छन् सरकारका प्राथमिकता ? राप्रपाको कार्यसम्पादन समिति बैठक सुरु, महाधिवेशनदेखि निर्वाचन निर्देशिकासम्म छलफल हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

अध्यक्ष ओलीले सभामुखविरुद्ध दिएको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश, २८ गते दुबै पक्षलाई बोलायो



अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध दायर गरेको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिएको छैन् । सर्वोच्च अदालतले भदौ २८ गते दुबै पक्षलाई अन्तरिम आदेश दिने वा नदिने विषयमा छलफलका लागि बोलाएको छ ।

सभामुख सापकोटाले ह्वीप उल्लंघनमा पार्टीले कारवाहीका लागि सिफारिस गरेका सांसदलाई पदमुक्तको सूचना टाँस नगरेको आरोप छ ।  त्यस्तै एमालेले कारवाही गरेका १४ सांसद र ९ केन्द्रीय सदस्यको सनाखत गैरकानूनी भएको अध्यक्ष ओलीको आरोप रहेको छ ।

निर्वाचन आयोग र सभामुखविरुद्धको सो मुद्दाको सुनुवाइको लागि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको इजलासमा तोकिएको थियो ।