२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीलंका संकट : राजनीतिमा फर्किने तयारीमा राष्ट्रपति गोटाबाया राजपाक्षे



अ+ अ-

कोलम्बो । श्रीलंकामा राजापाक्षे परिवारले लामो समयसम्म शासन गर्दै आएको छ । राजापाक्षे परिवारको प्रभाव जताततै देखिन्थ्यो । देशको अहिलेको अवस्थामा यो परिवारसँग जनता निकै आक्रोशित छन् ।

आन्दोलनकारीहरु निरन्तर उनको पछि लागेका छन् । घरदेखि कार्यालयसम्म यो परिवारविरुद्धको माहोल छ । दबाबमा राष्ट्रपति गोटाबाया राजापाक्षेले जुलाई १३ मा राजीनामाको घोषणा गरेका छन् ।

देशमा राजापाक्षे परिवारविरुद्ध लगातार विरोध प्रदर्शन भइरहेका छन् । तर यी सबैको बीचमा यो परिवारले कमब्याक गर्ने योजना बनाएको छ । द स्ट्रेट टाइम्सको रिपोर्टअनुसार गोटाबायाका भतिजा ३६ वर्षीय नमल राजपाक्षे अब आफ्नो परिवारलाई लामो समयदेखि श्रीलंकाको शासनमा फर्काउन उत्सुक छन्।

नमललाई परिवारको प्रतिष्ठा पुनर्स्थापित गर्न सकिन्छ भन्ने लाग्छ। हालै एक अन्तर्वार्तामा नमलले यस्तो कुरा भनेका छन् । जसपछि नमल आफ्नो परिवारलाई फिर्ता ल्याउन चाहन्छन् भन्ने अनुमान गरिएको छ ।

“गोटाबायाले आफ्नो कार्यकाल पूरा गरेर फर्कनु पर्छ”, नमलले कोलम्बोमा सत्तारुढ दलको कार्यालयमा भने। उनले आफ्नो परिवार विरुद्धको वातावरणलाई ‘अस्थायी’ भने। उनले जनताको आवश्यकता पूरा गर्न देशलाई अधिकतम स्थायित्व दिनु गोटाबायाको उद्देश्य रहेको बताए ।

यसका साथसाथै दीर्घकालीन रणनीति पनि तयार गर्न सकिन्छ । नमल, ७६ वर्षीय महिन्दा राजापाक्षेका जेठा छोरा हुन्। महिन्दा गोटाबायाका भाइ हुन् र उनले सन् २००५ देखि २०१५ सम्म देशमा शासन गरेका थिए।

दाजुभाइले देशलाई बनाए कंगाल

गोटाबायाले महिन्दा राजापाक्षेको कार्यकालमा रक्षा मन्त्रालय सम्हालेका थिए । महिन्दालाई तमिल विद्रोहीको नामले चिनिने (एलटीटीई) लिट्टेको मुलुकमा तीन दशक पुरानो शासनको अन्त्य गर्ने श्रेय जान्छ ।

भनिन्छ कि राष्ट्रपतिका रूपमा महिन्दाले निर्दयी तरिकाहरू प्रयोग गरे जसले लिट्टेको कमर भाँच्यो। तर उनको कार्यशैलीमाथि पनि प्रश्न उठेको छ र सर्वसाधारणको ज्यान गएको पनि बताइएको छ ।

एकातिर एलटीटीईलाई देशबाट सखाप गरिँदै थियो भने अर्कोतिर राजापाक्षे भाइहरूले विपक्षीलाई कुल्न चीनको सहयोग खोजिरहेका थिए। महिन्दा राजापाक्षेको पालामा चीनले अर्बौं डलर ऋण लिएको थियो ।

सन् २०१५ मा महिन्दा राजापाक्षेलाई नाटकीयरूपमा सत्ताबाट हटाइयो। तर सन् २०१९ मा दुवै दाजुभाइले फेरि कमब्याक गरे । जहाँ गोटाबायाले राष्ट्रपतिको पद पाए भने महिन्दा राजापाक्षेलाई देशको प्रधानमन्त्री बनाइयो।

गल्ती र कोभिडले सबै बिगार्यो

एकपछि अर्को गल्तीले देशलाई समस्यामा धकेलिरहेको थियो, त्यही बेला कोभिड–१९ को महामारीले धक्का दियो । यो महामारीका कारण देशमा खाद्यान्न र इन्धनको अभाव भएको छ । जसका कारण सन् २०२१ देखि देशमा विरोधको वातावरण सुरु भयो ।

मे महिनामा भएको प्रदर्शनले महिन्दालाई प्रधानमन्त्रीबाट राजीनामा दिन बाध्य पारेको थियो। राजापाक्षेका नजिकका साथीहरूका अनुसार उनका भाइले गोटाबायाको आदेशमा मात्र राजीनामा दिएका थिए।

अब राष्ट्रपति आफैँले राजीनामा दिन लागेका छन् । गोटाबाया राष्ट्रपति भएपछि उनको परिवारका ६ सदस्यले सरकारमा हिस्सा पाएका थिए । गोटाबाया पद त्याग गर्ने परिवारको अन्तिम सदस्य हुनेछन्।

एजेन्सीको सहयोगमा