२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिन्जो आवे: जापानी ‘जनताका राजकुमार’



अ+ अ-

जापानका लोकप्रिय नेता सिन्जे आवेको शुक्रबार गोली प्रहारबाट निधन भएको छ । जापानमा सबैभन्दा लामो समय प्रधानमन्त्री बन्नु भएका आवे आम नागरिकका विचमा निकै लोकप्रिय नेता हुनुहुन्थ्यो ।

दुःखमा जनतालाई नजिकबाट साथ दिने नेताको छवि बनाउनु भएका आवेले आफ्नो कार्यकाल बाँकी रहँदै राजीनामा दिनु भएको थियो । आफ्नो अस्वस्थताका कारण पर्याप्त काम गर्न नसकेको भन्दै उहाँले आफ्नो जिम्मेवारीप्रति इमान्दार हुदै राजीनामा दिनु भएको थियो । राजनीतिमा प्रत्यक्ष भूमिकामा नदेखिने निर्णय गर्नु भएका लिवरल डेमोक्रेटिक पार्टीका नेता आवेले आफ्नो पार्टीलाई विजयी गराउन चुनावी सभामा सम्बोधन गरिरहेका बेला जिन्दगीबाटै विदा लिनु परेको छ ।

आगामी आइतबार हुने माथिल्लो सदनको निर्वाचनका लागि देशको पश्चिमी क्षेत्रमा पर्ने नारा सहरमा चुनावी सभालाई सम्बोधन गरिरहेका बेला अज्ञात व्यक्तिको गोली प्रहारबाट उहाँको निधन भएको हो ।

सन् १९५४ मा जन्मिनु भएका आवेको ६७ बर्षको उमेरमा निधन भएको हो । उहाँले सेइकेइ विश्वविद्यालयबाट सन् १९७७ मा स्नातक गर्नु भएको थियो । त्यसपछि उहाँले सन् १९७९ मा जापानकै नेतृत्वदायी स्टील उद्योग ‘कोबे स्टील’मा काम गर्नुभएको थियो ।

राजनीतिमा भने उहाँ सन् १९८२ मा तत्कालिन विदेश मन्त्रीको सहयोगी भएर प्रवेश गर्नु भएको थियो । उहाँ सन् १९९३ देखि निरन्तर नौ पटक सांसद हुनुभएको थियो ।

उहाँले पार्टीमा सामाजिक मामिला विभागको निर्देशक र महासचिवको जिम्मेवारी निर्वाह गर्नु भएको थियो भने सरकारी भूमिकामा मन्त्रीपरिषद्को उप प्रमुख सचिव र प्रमुख सचिव भएर काम गर्नु भएको थियो । मन्त्रीपरिषद्मा भने २००५ मा उहाँले पहिलो पटक सहभागी हुने मौका पाउनु भएको थियो ।

उहाँ पहिलो पटक सन् २००६ मा प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको हो । त्यतिबेला उहाँ जापानकै सबैभन्दा कम उमेरका प्रधानमन्त्री बन्नु भएको थियो । अस्वस्थताका कारण त्यो कार्यकाल उहाँको २००७ सम्म मात्रै रह्यो । आन्द्राको समस्या देखिएपछि उहाँले प्रधानमन्त्रीबाट राजीनामा दिनुभएको थियो ।

त्यसपछि निको भएर फेरि राजनीतिमा फर्किनु भएका आबे आफ्नो पार्टीलाई अत्यधिक मतका साथ विजयी गराएपछि सन् २०१२ देखि २०२० सम्म निरन्तर जापानको प्रधानमन्त्री बन्नुभयो । उहाँले पछिल्लो पटक पनि कार्यकाल बाँकी रहेकै बेला अस्वस्थताका कारण सन् २०२० को अगस्ट २४ मा प्रधानमन्त्री पद स्वेच्छाले त्याग्नु भएको थियो । आबेले आफ्ना विश्वास पात्र तथा निकटतम सहयोगी योशिहिदे सुगालाई आफ्नो उत्तराधिकारी बनाउनुभएको थियो ।

आफ्नो मौलिक आर्थिक रणनीति र कट्टर राष्ट्रवादी नीतिका कारण उहाँको छुट्टै पहिचान बनेको थियो । उहाँको राष्ट्रवादी धारका कारण उहाँ चीन र दक्षिण कोरियासँग सुमधुर सम्बन्ध कायम गर्न सक्नुभएको थिएन ।

राजनीतिक विरासत बोकेको परिवारका सदस्य भई जनताका विचमा लोकप्रिय रहेकाले उहाँलाई ‘जनताका राजकुमार’को उपमा पनि दिइएको थियो । उहाँका बुवा शिनतारो आबे जापानको विदेश मन्त्री बन्नुभएको थियो भने हजुरबुवा नोबुशुके किशी प्रधानमन्त्री हुनुहुन्थ्यो ।

(विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा)




भर्खरै