८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग News Polar ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छः उद्योगमन्त्री साह News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने News Polar कुटीको जग्गाबाट विस्थापित गर्न खोजिएको भन्दै जनकपुरधाममा प्रदर्शन हुने News Polar ओलीले अध्यक्षबाट सम्मानजनक रूपमा नेतृत्वबाट विदा लिनुपर्ने प्रश्ताव केन्द्रिय कमिटीले स्वीकार गरेनः योगेश भट्टराई News Polar महिला कबड्डीमा नेपालले लगातार दोस्रो पटक काँस्य जित्यो News Polar असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अध्यक्ष दाहालको आग्रह

निर्वाचन आयोगले चुनावका लागि तोकेको खर्च अव्यवहारिकः पूर्व प्रमुख निर्वाचन आयुक्त पोखरेल

निर्वाचन आयोगले चुनावका लागि तोकेको खर्च अव्यवहारिकः पूर्व प्रमुख निर्वाचन आयुक्त पोखरेल
अ+ अ-

काठमाडौँ । पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले निर्वाचन आयोगले चुनावका लागि तोकेको खर्च अव्यवहारिक भएको आरोप लगाउनुभएको छ ।

बिहीवार लोकतान्त्रिक विकास केन्द्र र सुशासन पाठशालाको संयुक्त आयोजनामा आर्थिक सुशासन र निर्वाचन विषयक अन्तरक्रियामा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले निर्वाचनमा उम्मेदवारी दिएका नेताहरुले नै निर्वाच्न आयोगले तोकेको भन्दा ८ गुणा बढी रकम खर्च हुने उल्लेख गरेको भन्दै यो अव्यवहारिक भएको बताउनु भयो । पूर्व प्रमुख निर्वाचन आयुक्त पोखरेलले निर्वाचनमा धेरै पैसा खर्च हुने चिन्ता मात्र नभइ राजनीतिज्ञहरुलाई पैसाले किन्ने अवस्था सिर्जना भएको उल्लेख गर्नुभयो । उहाँले निर्वाचन संयन्त्र अपराधीको पकडमा जानुले पनि समस्या सिर्जना भइरहकेो बताउनु भयो । पूर्व प्रमुख निर्वाचन आयुक्त पोखरेलले निर्वाचनको परिणामलाई पैसाले किन्नुपर्ने बाध्यता सिर्जना हुनुले देशलाई क्षति पुगने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘निर्वाचन आयोगले जुन इलेक्शन कष्ट तोकेको छ त्यो अव्यवहारिक छ । कसैले पनि त्यो पैसाले निर्वाचन हुन सक्छ भन्न सक्दैन । धेर खर्च हुनुमात्रै चिन्ता नभएर राजनीतिज्ञहरुलाई पैसाले किन्यो । अर्को कुरा निर्वाचन संयन्त्र अपराधीको पकडमा गएपछि कुन बाटो समाउँछौँ गुड गभर्नेन्स वा अन्य ? त्यो अर्को प्रश्न भयो । सबैभन्दा ठूलो कुरा निर्वाचनको परिणालाई पैसाले किन्यो ।’

पूर्व प्रमुख निर्वाचन आयुक्त पोखरेलले चुनावमा खर्च गर्न आउने बाहिरी पैसाको श्रोत खोज्न आवश्यक रहेको बताउनु भयो । उहाँले निर्वाचनताका कालो धनलाई सेतो बनाउन मिल्ने भएकाले बाहिरी पैसा ल्याउने चलखेलले देश दुर्घटनातर्फ जाने चेतावनी दिनुभयो । पूर्व प्रमुख निर्वाचन आयुक्त पोखरेलले केही समयअघि मात्रै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पैसा बिना चुनाव लड्न नसक्ने मन्तव्य दिएको उल्लेख गर्दै कालो धनलाई रोक्न एक्शनमा जानुको विकल्प नरहेको बताउनु भयो । उहाँले कारबाहीमा जाँदा सधैँ आफू पदमा नरहने भएकोले कोहीपनि जन नसकेको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘चुनावमा खर्च गर्ने एक्स्ट्रा पैसा कहाँबाट आउँछ, कालो हो की, सेतो रु मुलुकभित्रको हो कि, बाहिरको हो कि रु किनभने संसारका धेरै मुलुकहरुमा मुलुकभन्दा बाहिरबाट आएको निर्वाचनको खर्चले मुलुकको राजनीतिमा प्रभाव पारेका कुराहरु छन् । हाम्रोमा यदी त्यो प्रतिष्पर्धा हुने हो भने हामी कहाँ पुग्छौँ डर लागेको छ । नेपाली काँग्रेसकै पूर्व महामन्त्रीले भन्नुभयो, २०६४ मा ८० हजारले चुनाव जितेको थिएँ, त्यसपछि ३ करोड भयो, त्यसपछि ६ करोड भयो, अब को टिकट लिन सक्नुहुन्छ लिनुस् । प्रचण्डजीले केही समयअघि मात्रै २०६४ मा त हामीले बिना पैसा जितेका थियौँ, अब पैसा नभइ हुँदैन, पैसा हामीसँग भन्दा अरुसँग बढी छ भन्नुभयो । यसको अनुभुति हरेक तहमा छ तर एक्शनमा जानुभएको छैन । किनभने एक्शनमा जान पनि आफूमाथि सबै आइपर्छ । आफू सधैँ सत्तामा रहन सकिँदैन । इलेक्शनमा राजनीतिक दलको नेतृत्वको भन्दा लगानी गरेर आफ्नो पक्षमा प्रतिनिधि वा निर्वाचित निकायलाई ल्याएर आफ्नो चाहनामा सरकार चलाउने कुरा बढ्यो । कालोधनकै मुख्य कुरा हो । निर्वाचन एउटा ह्वाइट बनाउने सही माध्यम हो कि ? भन्ने लागेको छ ।’

पूर्व प्रमुख निर्वाचन आयुक्त पोखरेलले पार्टीका कारण स्थानीय निर्वाचन स्थानीय जस्तो नभएको भन्दै पार्टी बिनाको स्थानीय निर्वाचन प्रणालीमा जान मुलुकले सोच्नुपर्ने बताउनु भयो । उहाँले मतदाता नामावली दर्ता निर्वाचन आयोगले गर्न जरुरी नरहेको र संघीय प्रणालीमा गइसकेपछि यो काम स्थानीय सरकारले गर्ने बताउनु भयो । उहाँले निर्वाचनको निष्पक्षतामाथि आर्थिक प्रभावले ठूलो अवरोध खडा गरेको भन्दै निर्वाचनको सुरक्षा स्थानीय निकाय र राजनीतिक दलहरुलाई दिनुपर्ने प्रश्ताव अघि सार्नुभयो ।