२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद बैठक बस्दै, सदनबाट नागरिकता विधेयक फिर्ता लिने तयारी



फाईल फोटो
अ+ अ-

काठमाडौं । संघीय संसद प्रतिनिधिसभाको बैठक आज बस्दैछ । संसद बैठक दिनको दुई बजे बस्नेगरि बोलाईको छ । आजको बैठकमा लामो समयदेखि विवादमा परेर अघि बढ्न नसकेको नागरिकता विधेयक सरकारले फिर्ता लिने कार्यसुची समेत रहेको छ ।

आजको सम्भावित कार्यक्रममा व्यवस्थापन कार्यमा गृहमन्त्री बालकृष्ण खाणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५’ फिर्ता लिने प्रस्ताव गर्ने भएका छन् ।

यसअघि मन्त्रिपरिषद् बैठकले संसदमा रहेको नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको थियो । २०७५ साउन २२ मा विधेयक प्रतिनिधिसभामा दर्ता भएको थियो ।

पछिल्लो समय लोसपा नेपाललगायत तराई मधेस केन्द्रित दलले नागरिकता विधेयक पारित गराउनका लागि सरकारलाई संसद र ज्ञापन पत्र मार्फत झकझकाउँदै आएका छन् । आजको बैठकको सम्भावित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले मुस्लिम आयोगको वार्षिक प्रतिवेदन आ.व. २०७७ २०७८ पनि पेश गर्नुहुनेछ ।