२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले अध्यक्ष ओलीलाई भेटन् बालकोट पुगिन् एमसिसी उपाध्यक्ष सुमार



अ+ अ-

काठमाडौं । चारदिने भ्रमणमा नेपाल आएकी अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी)का उपाध्यक्ष फतिमा सुमारको पहिलो भेट प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसँग भएको छ । नेकपा एमाले अध्यक्ष ओलीलाई भेट्न सुमार दिउँसो उनको निवास बालकोट पुगेकी हुन्। उनीसँगै एमसिसीका नायब उपाध्यक्ष जोनाथन ब्रुक्स पनि छन्।

अध्यक्ष ओली र सुमारबीच भएको भेटमा नेकपा एमालेका नेताहरू बिष्णु रिमाल र राजन भट्टराई पनि सहभागी भएको बताईएको छ ।  उपाध्यक्ष सुमार याक एण्ड यति होटलमा रहेको एमसीसी नेपालको कार्यालयमा पुग्ने कार्यक्रम रहेको छ ।

नेपालमा रहँदा उपाध्यक्ष सुमार नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको अर्थ मन्त्रालयले जनाएको छ ।