४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए

अर्थमा ‘अपराध’ रमिते प्रधानमन्त्री !

अर्थमा ‘अपराध’ रमिते प्रधानमन्त्री !
फाईल फोटो
अ+ अ-

विश्वमा आर्थिक मन्दी छाउँदो छ । आर्थिक मन्दीको चरम स्वरुप ब्यहोरिरहेको श्रीलंकाका समाचारहरु नेपालमा पनि आइरहेका छन् । तर नेपाल पनि श्रीलंका बन्दा भन्ने त्रासले यहाँका सरकारी अधिकारीलाई भने छोएको छैन । श्रीलंकाका बाछिटा आए भने सानो अर्थतन्त्र भएको यो देश कहाँ र कुन हालतमा पुग्ला भन्ने अनुमान लगाउन अब ढिला भइसकेको महसुस सरकारमा छैन ।

बरु उल्टै मुलुकको अर्थतन्त्रमाथि यहाँ ठूलो घात भएको छ । अर्थतन्त्रको संवेदनशिलतामा खेलवाड भइरहेको छ । अर्थमन्त्रीले बजेट प्रस्तुत गर्नु अघिल्लो रात (जेठ १४) गते अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश गराएर करका दर हेरफेर गरेको र बजेट निर्माण गरेको विषय मुलुकमा निकै जोडतोडले उठेको छ ।

जसका कारण अर्थमन्त्री जनार्दन शर्माको निरन्तर आलोचना भइरहेको छ । करको दर हेरफेर गर्न राजस्व प्रशासनका पूर्वकर्मचारी रघुनाथ घिमिरेलाई मन्त्री शर्माले मन्त्रालयमा प्रवेश गराएको आरोप छ । यो आरोप मात्र नभएर सत्य भएको प्रमुख प्रतिपक्षी दलको अडान छ । तर यसलाई कुनै भरपर्दाे तर्क र प्रमाणले होइन भन्न सक्ने आधार अर्थमन्त्री शर्माले सार्वजनिक रुपमा प्रस्तुत गर्न नसकिरहेकाले यसको यो अपराधमा उनको संलग्नता हुनसक्ने आशंका धेरै देखिन्छ ।

राजस्व ठग्नु या मुलुक चलाउने राजस्वका दरहरुलाई आफ्ना र आफ्ना स्वार्थका मानिसहरुलाई लाभ पुग्नेगरी फेरबदल गर्नु सानो अपराध होइन । यो राज्यविरुद्धको अपराध नै हो । एकजना नागरिकले मुलुकको राजस्व ठग्दा त राज्य विरुद्धको अपराधमा मुद्धा लाग्छ, यहाँ त अर्थमन्त्रीजस्तो सार्वजनिक ओहदामा बसेका व्यक्तिले गरेको कुरा छ । यो झन् ठूलो अपराध छ । कुनै नागरिकलाई भन्दा सार्वजनिक ओहदामा बसेका व्यक्तिले अपराध गर्दा त्यसको दोब्बर कानुनी सजायँ हुनुपर्छ भन्ने कानुनी व्यवस्था नै छ ।

बजेटमार्फत गरिएका सत्तारूढ दलकै सांसद तथा व्यापारीलाई अनुकूल हुने र अन्यलाई असर पार्ने गरी विद्युतीय सवारीसाधनमा अन्तःशुल्क तथा भन्सार महसुल वृद्धि, सेनिटरी प्याडमा विदेशीलाई छुट र स्वदेशीलाई कच्चा पदार्थमा भन्सार महसुल यथावत्, फलाम तथा इस्पातमा आश्रित तार र मोटरसाइकलमा थप गरिएको भन्सार महसुल, निजी कम्पनीलाई पनि बिमा कार्यक्रमसम्बन्धी व्यवस्थाले अर्थमन्त्री शर्मा विवादको घेरामा छन् । यसबारे छानबिन गरिनुपर्ने आवाज प्रतिपक्षी दलले निरन्तर उठाइरहेका छन् ।

यसरी एकपछि अर्को विवादास्पद गतिविधिमा मुछिएका अर्थमन्त्री जनार्दन शर्मालाई तत्काल पदबाट बर्खास्त गर्न सर्वत्र माग छ । प्रधानमन्त्री शेरबहादुर देउवामाथि चौतर्फी दबाब बढेको छ । प्रमुख प्रतिपक्षी दल, नागरिक अगुवाका साथै सत्तारूढ दलका नेता–कार्यकर्तासमेतले अर्थमन्त्री शर्मालाई हटाउन प्रधानमन्त्री देउवासँग माग गरिरहेका छन् । सामाजिक सञ्जालमा पनि अर्थमन्त्री र उनका विवादास्पद गतिविधिको आलोचना भइरहेको छ । तर, अर्थमन्त्री भने अहँ टसको मस छैनन् ।

यति गम्भीर आरोप लगाउँदा पनि उनले नैतिकताको फिल गरेका छैनन् । यति संवेदनशील प्रश्न उठेपछि अनुसन्धानकै लागि भए पनि आफूले पदबाट हट्नुपर्छ भन्ने महसुस उनले गर्दैनन् । अझ अचम्मको कुरा त के छ भने प्रधानमन्त्री नै यसमा मौन छन् । मुलुकमा यति गम्भीर विषयको चर्चा भइरहेका बेला कुन तत्वले प्रधानमन्त्रीको मुख टालिदिएको होला भन्ने आश्चर्य सबैले प्रकट गरिरहेका छन् ।

हिजोदेखि भने अर्थमन्त्रीले अपराध गरेकै हुन् भन्ने आशंका बढेको छ । किनभने पदबाट राजीनामा दिनु त कता हो कता अर्थमन्त्रीले आफ्ना विरुद्धका प्रमाण जुटाउन लागिपरेका छन् । त्यससँग सम्बन्धित प्रमाण (सीसीटीभी फुटेज) नै नष्ट भइसकेको सूचना अर्थ मन्त्रालयको योजना, अनुगमन तथा मूल्यांकन महाशाखाबाटै आइतबार आएपछि भने मानिसहरु आश्चर्यचकित भएका छन् । मन्त्रालयको यो सूचनाले त मन्त्री शर्मामाथि आफैं प्रमाण मेटाउनतिर लागेको झनै प्रमाणित गरेको छ । सूचना मागेको केही दिनअघि जोसुकैले माग्दैमा सीसीटीभी फुटेज दिन नमिल्ने बताउँदै आएका अर्थमन्त्री शर्माले सिसी टिभीका फुटेज नै नस्ट गर्ने ध्याउन्नमा लागे । उनले मुलुकको हित विपरीत काम गरेकै हुन् भन्ने यो भन्दा अर्काे दरिलो प्रमाण के हुनसक्ला ?

अर्थमन्त्रालयका कर्मचारीहरु शर्मा जस्तो हठि र अरुको अस्तित्व स्वीकार नगर्ने अर्थमन्त्री अहिलेसम्म नदेखेको बताउँछन् । उनी हरेक काम मन्त्रालयमा छापामार शैलीमै गराउन रुचाउँछन् । उनी सुरुमै मन्त्रालय प्रवेश गर्नासाथै कर्मचारीहरुलाई थर्काएर बसमा पार्ने रणनीति अपनाएका थिए । अहिले पनि त्यो शैली कायमै छ । व्यापारीहरुसँग पैसा असुल्ने उनको शैली पनि यस्तै हो भन्छन् कर्मचारीहरु । उनले रकम उठाउनका लागि घरमा, मन्त्रालयमा र बाहिर सम्पर्क कार्यालयमा तीन अखडा राखेका छन् । ती अखडाले उनलाई दिनहूँ रकम बुझाउने गरेको नेकपा माओवादीका एकजना केन्द्रीय नेता बताउँछन् ।

सिसी टिभीको फुटेजसम्बन्धी सूचना माग गरेपछि उनले त्यसलाई फुटाएर प्रमाण मेटाएका पनि बाहिर आएको छ । अहिले अर्थ मन्त्रालयमा मन्त्रीको बसाईदेखि अन्य कोठाचोटमा नै व्यापक परिवर्तन गरिएको छ । केही दिनयता यो भइरहेको छ ।

यहाँका कर्मचारीहरुले यसलाई नारायणहिटी दरबार हत्याकाण्डपछि त्रिभुवन बैठकसहित दरबारभित्र गरेको तोडफोडजस्तै भनेका छन् । उ बेला राजा वीेरेन्द्रको वंश बिनाश भएको प्रमाण मेटाउनका लागि जसरी दरबारभित्रका कोठाचोटा भत्काइएको थियो अहिले मन्त्री शर्मा मन्त्रालयमा यही गरिरहेका छन् भन्छन् यहाँका उच्च पदस्थ कर्मचारी र स्वयं उनकै पार्टी माओवादीका नेताहरु ।

त्यसैले मन्त्री शर्माका लागि यतिखेरको सबैभन्दा सहज बाटो भनेको राजीनामा दिने र अनुसन्धानलाई सघाउने नै हो । होइन भने उनको र उनका कारण उनको पार्टीको थप विनाश निम्तिदै जानेछ ।