२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वमन्त्री आलमको मुद्दामा आज पनि सुनवाइ नहुने



अ+ अ-

काठमाडौं । पूर्वमन्त्री मोहमद अफ्ताब आलमको मुद्दामा शुक्रबार पनि सुनवाइ नहुने भएको छ । आलमको मुद्दा पेशीमा चढेपनि न्यायाधीश हरि फुयालले हेर्न नमिल्ने भएपछि सुनुवाइ हुन नसकेको हो । अदालतले पुर्पक्षका लागि थुनामा पठाएपछि आलम यतिबेला नख्खु कारागारमा छन् ।

रौतहट बम विस्फोटको योजनाकार भएको आरोपमा थुनामा रहेका आलमको थुनामुक्त गरी साधारण तारेखमा मुद्दा लड्न पाउँ भन्दै आलमले रिट निवेदन दिएका थिए ।

न्यायाधीश दीपककुमार कार्की र हरि फुयालको संयुक्त इजलासमा उनको रिट निवेदन परेको हो । बम विस्फोटसम्बन्धी मुद्दा जिल्ला अदालत रौतहटमा छ ।