२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सासंद पाण्डे र भट्टले एमाले छाडेर नेकपा एकिकृत समाजवादीमा जान पाउँ भन्दै दायर गरेका रिटको सुनुवाई हुँदै



अ+ अ-

काठमाडौं । नेकपा एमालेका सांसदहरु सोम प्रसाद पाण्डे र  शारदादेवी भट्टले नेकपा एकिकृत समाजबादीमा आबद्ध हुन पाउ भन्दै सर्वोच्च अदालतमा दायर रिट माथी आज सुनुवाई हुँदैछ ।

दल विभाजनको निवेदन दिने समयमा एमाले तीर नै रहेको तर खनाखत गर्ने समयमा आयोग पुगेका पाण्डे र भट्टलाई आयोगले खनाखत गराएको थिएन ।  पाण्डे र भट्टलेको रिट न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासमा सुनुवाइ हुन लागेको हो ।

उहाँहरुले आफूहरूले नेकपा एकिकृत समाजवादीमा सनाखत गर्न खोज्दा आयोगले नदिएको भन्दै आफूहरूको विवरण नेकपा एसमा अद्यावधिक गराउन आदेशको माग गर्नुभएको छ ।