३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’

काठमाडौँमै बसेर हेरौँ दोलखा

काठमाडौँमै बसेर हेरौँ दोलखा
अ+ अ-

काठमाडौँ । दोलखा जिल्लाको विविधता झल्काउने खालका तस्बिरहरुको मेला ‘फोटो मेला–२०७९’ काठमाडौँको प्रदर्शनीमार्गस्थित पर्यटन बोर्डमा सुरु भएको छ । प्रदर्शनीमा दोलखाको धार्मिक, सांस्कृतिक र पर्यटकीय स्थल, जनजीवन, पुराना तथा नयाँ बस्ती, त्यहाँबाट देखिने हिमाल र ताल समेटिएका १०० तस्बिर राखिएका छन् ।

“प्रदर्शनीमा राखिएका फोटाहरुले दोलखाको समग्र पक्षहरु धार्मिक, सांस्कृतिक र पर्यटकीय स्थलहरुलाई समेटेको छ,” तस्बिर अवलोकन पछि बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठले भन्नुभयो, “पर्यटकीय क्षेत्रका खिचिएका तस्बिरले दोलखाको समग्र विकासमा थप सहयोग पुग्नेछ ।” “दोलखा धार्मिक, सामाजिक, सांस्कृतिक र पर्यटकीय दृष्टिकोणले निकै सुन्दर र उत्कृष्ट गन्तव्य हो ।” उहाँले थप्नुभयो, “आफूले बजेट निर्माणका क्रममा दोलखाको धेरै स्थान घुमेको र बागमती प्रदेशको उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउन पनि लागिपरेको छु ।”

दोलखाको विकासका लागि बाग्मती प्रदेशले अध्ययन गरेर नै बजेट विनियोजन गरेको छ भन्दै मन्त्री श्रेष्ठले “जिरीमा मानव निर्मित पर्यटकीय ताल निर्माणका लागि रु १५ करोड, भीमसेन मन्दिर परिसरमा रहेको मुद्रा सङ्ग्रहालय निर्माणका लागि रु एक करोड ६२ लाख, सैलुङमा पर्यटकीय पूर्वाधार निर्माण आदिमा पनि बजेट छुट्याइएको छ ।” दोलखा मिडियाद्वारा आयोजना गरिएको तीनदिने फोटो प्रदर्शनीको मुख्य उद्देश्य नै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरबाट पर्यटक भित्र्याउनु रहेको छ ।“फोटो प्रदर्शनीले दोलखालाई देशभर चिनाउनाका साथै अन्तर्राष्ट्रियस्तरमा समेत चिनाउन सहयोग पुग्छ भन्ने मलाई लाग्छ,” तस्बिर अवलोकन गर्दै पर्यटन बोर्डका कार्यकारी अधिकृत डा धनञ्जय रेग्मीले भन्नुभयोे ।

दोलखा चलचित्र नगरीको विकासको अगुवाइ गरिरहनुभएका वरिष्ठ कलाकार मदनदास श्रेष्ठले दोलखा प्राकृतिक र सांस्कृतिक सुन्दरताले भरिपूर्ण जिल्ला भएको बताउनुभयो । उहाँले भन्नुभयो, “प्रदर्शनीमा राखिएका तस्बिरले दोलखाको हरेक पक्षको बयान गरेको छ, त्उहाँको विकासका लागि सबै राजनीतिक दलहरुले समानरुपमा ध्यान दिनुपर्छ ।” आफूले त्यहाँको पर्यटन विकासका लागि सहयोग पु¥याउने उद्देश्यले २०२६ सालमा ‘एक शीला तीन अवतार’ भन्ने शीर्षकमा भीमसेन मन्दिरको बारेका लेखेकोे र २०२७ सालमा आँखा पत्रिकामार्फत साहित्यिक पत्रिकाले पनि दोलखाको साहित्य, कला, पर्यटन विकासका लागि कलम चलाएको सुनाउनुभयो । आयोजक मिडियाका अध्यक्ष राजेन्द्र मानन्धरले मेलामा दोलखाको विविधता झल्काउने खालका तस्बिरहरु भएको र त्यहाँको विकास र जनजीवनको भित्री पाटोलाई चित्रमार्फत उठान गरिएको जानकारी दिनुभयो । मेला स्वदेशी र विदेशी पाहुनाहरुले पनि अवलोकन गर्ने कार्यक्रम रहेको छ ।

के देख्न पाइन्छ तस्बिरमा ?

आजदेखि प्रारम्भ भएको असार १९ गतेसम्म चल्ने फोटो प्रदर्शनीमा त्यहाँको पर्यटकीय, धार्मिक, सांस्कृतिक र ऐतिहासिक मनोरम प्राकृतिक दृश्य देख्न पाइन्छ । जातजातिका अनेकन संस्कार, संस्कृति, भाषा, वेशभूषा पनि देख्न पाइनाका साथै पहिलाको दोलखाको बस्ती र अहिलेको दोलखाको ताजा बस्तीका बारेमा पनि अवलोकन गर्न सकिन्छ । प्रदर्शनीमा वरिष्ठ फोटो पत्रकार चन्द्रशेखर कार्की, फोटो पत्रकारहरु फ्रिज बर्गर ९ग्रिस फोटो पत्रकार०, केशव थोकर, ज्ञानेन्द्र कार्की, लक्ष्मीप्रसाद ङाखुसी, रेखा शाक्य, जीवन लामा, केदार शिवाकोटी, निकेश श्रेष्ठ, प्रह्लाद आचार्य, सुशील श्रेष्ठ, मन्जिमलाल कायस्थ, निमेष कायस्थ, किरण श्रेष्ठ, हिमाल थामी, सविन बुढाथोकी, सकिला कार्की र चिलोचन प्रधानले खिचेका १०० तस्बिरहरु राखिएका छन् ।

मिडियाका अध्यक्ष मानन्धरका अनुसार दोलखालाई पर्यटकीय दृष्टिकोणले निकै उत्कृृष्ट गन्तव्य मानिएको र प्रदर्शनीबाट त्यहाँको बारेमा विश्वव्यापीरुपमा प्रचार गरी पर्यटक वृद्धि गर्ने प्रमुख उद्देश्य रहेको छ ।नेपालको राजधानी काठमाडौँबाट दोलखा १३३ किमी दूरीमा रहेको छ । उक्त मिडियाले दोलखाको विकासका लागि प्रदर्शनी, प्रकाशन, प्रसारण, वृत्तचित्र निर्माण, अनुसन्धान, विज्ञापन र मिडिया क्षेत्रको विकासमा हातेमाले गर्दै आएको छ । सोही क्रममा अहिले राजधानीमा फोटो मेला आयोजना गरिएको हो । प्रदर्शनीमा दोलखा विकास मञ्चका अध्यक्ष तथा इन्जिनियर महेन्द्रबहादुर कार्की, समाजसेवी सोभित उप्रेती, कलाकार, अधिवक्ता तथा पत्रकारहरुको उपस्थिति थियो । रासस