७ पुष २०८२, सोमबार
,
Latest
देउवा निवास महाराजगञ्जमा ओलीको देउवा भेट ‘समयमै निर्वाचन हुनेमा नागरिक अगुवाहरुको आशंका’ ठूला आयोजनाले अझै गति लिन सकेनन् देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने विदेशमा रहेका नेपाली नागरिक र अन्तरजिल्ला मतदानको व्यवस्था गर्न चार वटा ऐन संशोधन हुँदै अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी मनाइयो ७०औँ बार स्थापना दिवस हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘रामकुमारी झाँक्रीलाई धरधरी रुवाएर समाजवाद आउँछ ?’



file
अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द पौडेलले नेकपा(एकीकृत समाजवादी)तर्फ इंगित गर्दै रामकुमारी झाँक्रीलाई धरधरी रुवाएर समाजवाद नआउने बताउनुभएको छ ।

सोमवार नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानद्वारा ललितपुरमा आयोजित ‘नेपालमा समाजवादः चुनौती र सम्भावना’ विषयक विचार गोष्ठिमा बोल्दै वरिष्ठ नेता पौडेलले यस्तो बताउनुभएको हो । उहाँले नेताहरुले समाजवादको कुरा गरेपनि व्यवहार भने त्यस अनुसार नभएको बताउनु भयो । उहाँले पार्टीहरुले सरकारमा मन्त्री पठाएर चार दिन काम गर्न नपाई सबैलाई पालो पु¥याउन मन्त्री परिर्वतन गर्नु पार्टी प्रणाली नभएको बताउनु भयो । वरिष्ठ नेता पौडेलले मन्त्री बन्न सबैको पालो पु¥याउनुपर्ने चरित्र समाजवादी चरित्र नभएको टिप्पणीसमेत गर्नुभयो ।

उहाँले नेताहरुले समाजवादको नारा बोक्ने तर काम भने प्रतिक्रियावादी र सामन्तवादी गर्ने गरेको जिकिर गर्नुभयो । उहाँँले भन्नुभयो,‘ एउटा पार्टीमा सरकारका मन्त्री भएका छन् । ४ दिन काम गर्न पाएका छैनन् त्यसलाई हटाउनुपर्ने फेरिफेरि पालैपालो पु¥याउनु पर्ने त्यो पनि पार्टी सिस्टम हो । सबैको पालो पुग्नुपर्ने मन्त्री बन्नलाई कहाँ त्यस्तो हुन्छ । त्यस्तो सबैको पालो पुग्ने कुरा हुँदैन । म एउटा प्रश्न भन्न चाहन्छु आज के समाजवादको कुरा गर्दा के रामकुमारी झाँक्रीलाई धरधरी रुवाएर समाजवाद आउँछ । आउँछ यो देशमा ? कसरी आउँछ ? मैले भनिरहेको छु हामी समाजवादमा गैइरहेका छौं की ? हामी के आचरण र व्यवहार गरिरहेका छौं ।

हाम्रो चरित्र, आचरण र व्यवहारमा समाजवाद आउँछ की आउँदैन त्यो महत्वपूर्ण कुरा छ । हामी समाजवादका नारा फलाक्ने तर काम चाँही हामी घोर प्रतिक्रियावादी,सामन्तवादी सामन्तवाद बेलाका काम गर्ने ? यो चल्दैन । त्यसकारण हामी पूरै बदलिनु पर्छ । हाम्रो संस्कार परिर्वतन हुनुपर्छ । नेताहरु बदलिनु पर्छ । कार्यकताहरु बदलिनु पर्छ । नयाँ तालिमको आवश्यकता छ । त्यसरी गयौं भने समाजवाद लागू हुन्छ । नत्र समावाद एका तिर हामी,हाम्रा कार्यकर्ता,सरकार र राज्य सञ्चालन अर्कोतिर हुन्छ । यसमा विरोधाभास हुन्छ। यसले हामी सबैलाई डुबाउँछ । त्यसबाट बच्नको लागि हाम्रो आचरण र व्यवहार मिलाएर गरौं । सिद्धान्त र व्यवहारलाई मिलाएर जाऔं । हामी जे भन्छौं त्यो कुरा कार्यन्वयनमा गरौं ।’

नेता पौडेलले समाजवादको नारामा प्रतिक्रियावादी प्रवृति देखाउने गरिएको भन्दै अब राजनीतिक दलका नेता तथा कार्यकर्ता बदलिनुपर्ने आवश्यकता रहेको बताउनु भयो ।