५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनआरटी मलेसिया प्रस्थान



अ+ अ-

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग क्लव न्युरोड टिम (एनआरटी) प्रि–सिजन टुर खेलका लागि सोमवार मलेसिया प्रस्थान गरेको छ ।

प्रि–सिजन टुरका लागि मलेसिया र थाइल्याण्ड जाने एनआरटीको टोलीलाई बिदाइ गरिएको छ । एनआरटीले सोमवार एक कार्यक्रमको आयोजना गरेर मलेसिया र थाइल्याण्ड जाने ३० सदस्यीय टोलीलाई बिदाई गरेको हो । क्लवका अध्यक्ष सुन्दरनरसिंह जोशी, पूर्व अध्यक्ष नरेन्द्र श्रेष्ठ लगायत क्लवका पदाधिकारीले टोलीलाई बिदाइ गरेका थिए ।

एनआरटीको टोली आज राति ८ बजे मलेसिया प्रस्थान गर्नेछ । एनआरटीले मलेसियाको पेनाङमा आयोजनामा हुने टुवान याङ टेरुतमा (टीवाईटी) कप फुटबल प्रतियोगिता खेल्नेछ । जसमा मलेसियाको सुपर लिग क्लव पेनाङ एफसी र इन्डोनेसियाको लिग–२ क्लब कारो एफसीसँग प्रतिष्पर्धा गर्नेछ ।

एनआरटीले ३० जुनमा कारो एफसी र २ जुलाईमा पेनाङ एफसीसँग प्रतिष्पर्धा गर्नेछ । लिगको अंकको आधारमा विजेता र उपविजेता टोलिको टुङ्गो लाग्नेछ । प्रतियोगिता पेनाङका शहर प्रमुख मिस्टर याङले पद बहाली ग्रहण गरेको पहिलो बार्षिकोत्सवको अवसरमा आयोजना हुन लागेको हो । प्रतियोगिता २८ जुनदेखि २ जुलाईसम्म हुनेछ । २० हजार दर्शक क्षमता भएको पेनाङ सिटी रंगशालामा हुने प्रतियोगिताको विजेताले १० हजार मलेसियन रिङ्गेट पुरस्कार जित्नेछ । उपविजेता टोलीले ५ हजार मलेसियन रिङ्गेट पुरस्कार जित्नेछ ।

यस्तै एनआरटीले थाईल्याण्डमा ३ मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ । जसमध्ये एक खेल थाई लिग वान क्लव चोनबुरी एफसीसँग खेल्ने छ । एनआरटीको टोली मलेसियाबाटै थाइल्याण्ड जाने तालिका रहेको छ । टुरका लागि मिडफिल्डर विशाल राई, डिफेन्डर रन्जित धिमाल, डिफेन्डर छिरिङ गुरुङ, मिडफिल्डर गौरव श्रेष्ठ ररुमेश बर्तौलालाई समेत अनुबन्ध गरेको छ । त्यस्तै एनआरटीले मिडफिल्डर सुवास गुरुङ, मिडफिल्डर निकालोस फर्नान्डेज, सन्जोक राई र क्यामरुनका गोलकिपर टोलो ल्यान्ड्रीलाई समेत अनुबन्ध गरेको छ ।