१७ असार २०८३, बुधबार
,
Latest
लैंगिक हिंसा, रोकथाम, नियन्त्रण सम्बन्धि संकल्प प्रस्ताव राष्ट्रिय सभाबाट सर्वसम्मत पारित महिला तथा बालिकामाथि हुने लैंगिक हिंसा रोकथामको विषयलाई सरकारले प्राथमिकताका साथ अघि बढाएको छः मन्त्री… नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि सभामुख अर्यालसँग नेपालका लागि साउदी अरेबियाका राजदूतबीच शिष्टाचार भेटवार्ता मानसिक अस्पतालमा अनलाइन टिकट सेवा सुरु मार्कीचोक–भरतपुर खण्डमा असार २३ देखि विद्युत् परीक्षण सेवा राष्ट्रियसभा अध्यक्षको सरकारलाई रुलिङ संविधान संशोधन गर्नुअघि संशोधनको नियत र उद्देश्य छुट्याउन जरुरीः अध्यक्ष दाहाल प्रविधिजन्य लैङ्गिक हिंसा नियन्त्रणका लागि राष्ट्रिय सभामा संकल्प प्रश्तावमाथि छलफलः नयाँ कानुन र संरचना बनाउन… विश्वविद्यालय शिक्षा सुधारको अर्को फड्को: राष्ट्रिय शैक्षिक क्यालेन्डर कार्यान्वयन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तर नगरस्तरीय फुटसलको उपाधि चन्द्रागिरिलाई



अ+ अ-

काठमाडौं । अन्तर नगरस्तरीय कर्मचारी मैत्रीपूर्ण फुटसल प्रतियोगिता–२०७८ को उपाधि चन्द्रागिरि नगरपालिकाले हात पारेको छ ।

तारकेश्वर नगरपालिकाको आयोजनामा शनिबार तारकेश्वर–१० स्थित जी–फोर फुटसल मैदानमा सम्पन्न फाइनल खेलमा चन्द्रागिरि प्रथम भएको हो । तारकेश्वर, चन्द्रागिरि, टोखा र कीर्तिपुर नगरपालिकाको सहभागिता रहेको उक्त प्रतियोगितामा क्रमशः चन्द्रागिरि प्रथम, कीर्तिपुर द्वितीय र टोखा तृतीय भएका थिए । 

विजयी खेलाडीलाई प्रमाणपत्र वितरण गर्दै टोखा नगरप्रमुख प्रकाश अधिकारी र प्रशासकीय अधिकृत प्रकाश आचार्यले आपसी समन्वय कायम गरी काम गर्न खेलकुद प्रतियोगिताले महत्वपूर्ण सहयोग पुग्ने बताउनुभयो । तारकेश्वर नगरप्रमुख रामेश्वर बोहराले नगर क्षेत्रमा खेलकुद विकास र विस्तारका लागि नगरपालिकाले प्राथमिकता दिएको जानकारी दिनुभयो ।