काठमाडौं । चारदिने नेपाल भ्रमणमा आएकी अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का उपाध्यक्ष फातिमा सुमारको टोली आज फिर्ता हुने भएको छ ।
गत बिहीबार नेपाल आएको एमसीसी टोलीले नेपालमा रहँदा प्रधानमन्त्री शेरबहादुर देउवासहित प्रमुख राजनीतिक दलका नेताहरूसँग भेटघाट गर्दै एमसीसी सहयोगबारे स्पष्ट हुन आग्रह गरेको थियो ।
सरकारले भने राजनीतिक सहमति जुटाएर सम्झौतालाई कार्यान्वयनमा लैजाने आश्वासन दिएको छ । सत्तारुढ दलभित्रै एसीसीबारे तीव्र मतभेद रहेकाले अमेरिकी टोलीको भ्रमण उपलब्धिबिहिन देखिएको छ ।