२५ भाद्र २०८३, बिहीबार
,
Latest
अस्पतालले भर्ना नलिएपछि सडकमा सुत्केरी, संसद्मा उठ्यो प्रश्न केही जिल्लामा अब घरेलु कार्यालयबाट यातायातको काम गरिन्छः मुख्यमन्त्री आचार्य उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवद्वारा राजीनामा नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा प्रदेश प्रमुखसमक्ष लोक सेवा आयोगको प्रतिवेदन पेश नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा हाम्रो पात्रो प्रयोगकर्ताबाट विपद् उद्धार कोषमा १ करोड २५ लाख सहयोग रसुवा बाढीमा मृत्यु हुनेको संख्या १,३७७ पुग्यो, ५ हजारभन्दा बढी बेपत्ता ग्यास अभावबारे मन्त्रीको अभिव्यक्तिप्रति महासंघको आपत्ति भोटेकोशी बाढीः आठ मिलियन युरो सहायता
तपाईं के खोज्दै हुनुहुन्छ ?

साताको पहिलो दिन ओरालो लाग्यो सुनको मुल्य, तोलामा कति ?



अ+ अ-

काठमाडौं । नेपाली बजारमा साताको पहिलो दिन सुन चाँदीको मुल्य ओरालो लागेको छ । आईतबार नेपाल बजारमा सुनको मुल्य तोलामा ४०० घटेको हो । 

गत शुक्रबार प्रतितोला ९० हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मुल्य आइतबार घटेर ९० हजार ३०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यावसायी महासङ्घले जनाएको छ । 

महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य पनि ओरोला लागेको छ । गत शुक्रबार प्रतितोला ९० हजार २०० रुपैयाँ कारोबार भएको तेजाबी सुन आज भने तोलामा ४०० घटेर ८९ हजार ८०० मा कारोबार भइरहेको जनाएको छ । 

यस्तै चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार तोलामा १ हजार २०५ रुपैयाँमा कारोबार भएको चाँदीको मुल्य आज १ हजार १९५ रुपैयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।