काठमाडौं । नेपाली बजारमा साताको पहिलो दिन सुन चाँदीको मुल्य ओरालो लागेको छ । आईतबार नेपाल बजारमा सुनको मुल्य तोलामा ४०० घटेको हो ।
गत शुक्रबार प्रतितोला ९० हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मुल्य आइतबार घटेर ९० हजार ३०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यावसायी महासङ्घले जनाएको छ ।
महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य पनि ओरोला लागेको छ । गत शुक्रबार प्रतितोला ९० हजार २०० रुपैयाँ कारोबार भएको तेजाबी सुन आज भने तोलामा ४०० घटेर ८९ हजार ८०० मा कारोबार भइरहेको जनाएको छ ।
यस्तै चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार तोलामा १ हजार २०५ रुपैयाँमा कारोबार भएको चाँदीको मुल्य आज १ हजार १९५ रुपैयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।