४ असार २०८३, बिहीबार
,
Latest
संक्रमणकालीन न्यायसम्बन्धी आयोग गठन गर्न सिफारिस समितिको प्रक्रिया अघि बढेको छ : मन्त्री गौतम राष्ट्रिय आर्थिक गणना अन्तिम चरणमा, १२ लाख ९८ हजार प्रतिष्ठान सहभागी तनहुँमा १९ शङ्कास्पद व्यक्ति नियन्त्रणमा सञ्चारमन्त्री डा तिमिल्सिनासँग हुवावे एसिया प्रशान्त क्षेत्रका अध्यक्षद्वारा शिष्टाचार भेट पोखरा बसपार्क क्षेत्रका संरचनामाथि महानगरको डोजर (फोटो फिचर) ऊर्जा मन्त्रालयलाई १ खर्ब १४ अर्ब बजेट, १० वर्षमा ३० हजार मेगावाट उत्पादन लक्ष्य नवप्रवर्तनमा लगानी गरे अर्थतन्त्र सुधार गर्न सकिन्छः मन्त्री पुन विपक्षी सांसदको गुनासो : संसद्मा उठाएका विषयको सुनुवाइ भएन मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ मनसुन विपद्का लागि सरकारको उच्च सतर्कता, हेलिकप्टरसहित सबै स्रोत परिचालन हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार संवेदनहीन, भ्रष्ट र दृष्टिकोणबिहीन भएको एमालेका सांसद राईको आरोप



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का सांसद रामचन्द्र राईले सरकारको गतिविधिबाट गठबन्धनमा आवद्ध दलहरु नै आतंकित भएको बताउनुभएको छ ।

शुक्रवार राष्ट्रिय सभाको बैठकमा विशेष समयमा बोल्दै सांसद राईले वर्तमान गठबन्धन सरकारले गरिरहेको गतिविधिबाट गठबन्धनमा आवद्ध दलहरु नै आतंकित भइरहेको बताउनुभएको हो । उहाँले सरकारले गरिरहेका राष्ट्रघाती क्रियाकलापहरुका कारण सत्तारुढ दलका सांसदहरु प्रताडित भएको जिकिर गर्नुभयो । उहाँले सरकार संवेदनहीन, भ्रष्ट र दृष्टिकोणबिहीन भएको आरोप लगाउनु भयो ।

उहाँले भन्नुभयो –‘सत्तापक्षका सांसदहरु नै यो सरकारले राष्ट्रका विपक्षमा गरिरहेका यी राष्ट्रघाती क्रियाकलापहरुले गर्दा उहाँहरु एकदमै प्रताडित हुनुहुन्छ । यो सरकारले गरिरहेको गतिविधिबाट गठबन्धन सरकारका सहभागी दलहरु नै आतंकित हुनुहुन्छ । तर्सिनुभएको छ । र यो सरकारबाट भाग्न पाए हुन्थ्यो । निस्किन पाए हुन्थ्यो भनेर पो भनिरहनु भएको हो कि रु भन्ने लाग्यो । मुल रुपमा यो सरकार देख्दैन, सुन्दैन, संवेदनहीन छ । यो सरकार भ्रष्ट छ । यो सरकार सेटिङमा चल्छ । यो सरकार दृष्टिकोणबिहीन छ । सार रुपमा यो सरकार यस्तै छ ।’

सांसद राईले सत्तारुढ गठबन्धनलाई ‘ठगबन्धन’ भएको टिप्पणी गर्नुभयो । उहाँले बहालवाला एक मन्त्रीले असभ्य भाषा प्रयोग गरेको उल्लेख गर्दै असभ्य भाषा प्रयोग गर्ने मन्त्रीलाई हटाउन नसक्नु सरकारको नालायकीपन भएको बताउनु भयो । उहाँले सरकार जनताप्रतिको उत्तरदायित्वबाट भागिरहेको पनि बताउनु भयो ।