११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद बैठक लगातार अवरुद्ध, अवरोध हटाउने विषयमा छलफल हुँदै



अ+ अ-

 काठमाडौं । प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका संसदहरुद्वारा बैठक अवरुद्ध भईरहेको बेला अवरोध हटाउनका लागि छलफल शुरु भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पटकपटक संसद बैठक अवरुद्ध गर्दै आएको छ । सभामुखले एमालेद्वारा निष्कासित १४ सांसदलाई कारबाहीको मान्यता नदिएको विरोधमा प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरोध गर्दै आएको हो ।

छलफलमा सभामुख अग्निप्रसाद सापकोटा, एमालेका प्रमुख सचेतक विशाल भट्टराई, एमाले सांसद खगराज अधिकारी, चन्दा चौधरी र कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्की सहभागी छन् ।

आज (आइतबार) पनि सभामुख अग्निप्रसाद सापकोटाले बैठक शुरु गरे लगत्तै प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरु वेलमा आई नाराबाजी गरेका थिए ।