२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक भदौ २९ गते



अ+ अ-

काठमाडौं । प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका संसदहरुद्वारा लगातार बैठक अवरुद्ध भएपछि बैठक स्थगित गरिएको छ । प्रतिनिधिसभा सभामुख अग्निप्रसाद सापकोटाद्वारा अर्को बैठक भदौ २९ गते मंगलबार दिउँसो १ बजे बस्नेगरि बैठक स्थगित भएको हो । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज (आईतबार) को बैठक पटकपटक अवरुद्ध गर्दै आएको थियो । सभामुखले एमालेद्वारा निष्कासित १४ सांसदलाई कारबाहीको मान्यता नदिएको विरोधमा प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरोध गर्दै आएको हो ।

संसदको अवरोध हटाउने विषयमा सभामुख अग्निप्रसाद सापकोटा, एमालेका प्रमुख सचेतक विशाल भट्टराई, एमाले सांसद खगराज अधिकारी, चन्दा चौधरी र कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीबिच छलफल भएपनि नाराबाजी निरन्तर भएपछि सभामुख सापकोटाले बैठक स्थगित गरेका हुन् । 

सभामुख अग्निप्रसाद सापकोटाले आजको बैठक शुरु गरे लगत्तै प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरु वेलमा आई नाराबाजी गरेका थिए ।